site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेदरल्यान्ड्सविरुद्ध अर्धशतक बनाउन तीन रनले चुके आसिफ 

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिमा उत्रिएको नेपालले १३.५ ओभरमा ओपनर आसिफ शेखलाई गुमाएको हो ।

अर्धशतक बनाउन उनी तीन रनले चुके । आसिफले ३७ बल खेल्दा एक चौका र तीन छक्कासहित ४७ रन जोडे ।

जारी खेलको १४ ओभर सकिँदा नेपालले तीन विकेट गुमाएर १२७ रन बनाएको छ । नेपालले कुशल भुर्तेललाई व्यक्तिगत २० र कप्तान रोहितकुमार पौडेललाई २५ रनमा गुमाएको थियो ।

ट्वान्टी–२० विश्वकपको तयारीस्वरूप आयोजित शृंखलामा नेपाल र नेदरल्यान्ड्ससँगै नामिबियाको सहभागिता थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro