site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मापसे गरेर मोटरसाइकल चलाए, डिउटीका हवल्दारलाई ठक्कर दिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । धादिङमा डिउटीमा खटिएका प्रहरी हवल्दारलाई ठक्कर दिएर मोटरसाइकल दुर्घटना भएको छ । सोमबार राति करिब ११ बजेर २० मिनेटमा नीलकण्ठ नगरपालिका–३, बीचबजारमा सो दुर्घटना भएको हो ।

नीलकण्ठ–४, रायटारबाट आउँदै गरेको बा७८प ५५३ नम्बरको मोटरसाइकलले बीचबजार डिउटीमा खटिएका हवल्दार रामप्रसाद थपलियालाई ठक्कर दिएको थियो । धादिङकै रुवी भ्याली गाउँपालिका–१, लवाङका ३३ वर्षीय आवाज तामाङले चलाएको मोटरसाइकलले हवल्दारलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

तामाङले अत्यधिक मादकपदार्थ सेवन गरी मोटरसाइकल चलाएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दारको दाहिने खुट्टामा चोट लागेको थियो । मोटरसाइकल चालकका पनि दुवै हातखुट्टामा सामान्य चोट लागेको थियो । अस्पतालमा उपचारपश्चात् उनीहरू दुवैजना ‘डिस्चार्ज’ भइसकेका प्रहरीले जनाएको छ । मोटरसाइकल र चालक जिल्ला प्रहरी कार्यालय धादिङको नियन्त्रणमा छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  ०९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro