राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बाहिरिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी (रस्वपा)का अध्यक्ष रवि लामिछानेसहितका नेताहरूको छलफलपछि उनी बाहिरिएका हुन् ।
माओवादी–एमालेसहितको नयाँ समीकरण बनेको छ । आज साँझ नै सानो आकारको मन्त्रिपरिषद् गठनको तयारी छ । सत्ता समीकरणको बैठकमा केहीबेरअघि मात्रै जसपाका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी भएका थिए ।
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८० १२:०९
प्रतिक्रिया दिनुहोस्