site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै छ ।

बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बिहान १० बजे बैठक बस्ने सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

सत्ता गठबन्धनमा पछिल्लो समय देखिएको असमझदारीपछि देउवाले बैठक बोलाएका हुन् । राष्ट्रियसभा अध्यक्षमा दाबी, मन्त्रीहरूको कार्यसम्पादनलगायत विषयले गठबन्धनमा समस्या उत्पन्न भएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ०९:१८
प्रतिक्रिया दिनुहोस्