site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लगानी सम्मेलनमा १२४ निम्तो पठाइयो, प्रस्तावित वक्ता एलन मस्कदेखि गौतम अडानीसम्म 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीई)ले आगामी वैशाख १६ र १७ गते हुने तेस्रो लगानी सम्मेलनका लागि सातवटा परियोजना बुझाएको छ । 

एफएनसीसीआईले निजी क्षेत्रको तर्फबाट सम्मेलन तयारी सचिवालय लगानी बोर्ड नेपालमा आइएमई सिमेन्टसहित दुई केबलकार, दुई हाइड्रो र एक/एक रेष्टुरेन्ट तथा टेक्निकल स्कुलसम्बन्धी प्रोजेक्ट पठाएको हो ।

लगानी सम्मेलन तयारी सचिवालयका अनुसार एफएनसीसीआईबाट टेक्निकल समितिमा सिक्लेस अन्नपुर्ण केवलकार, जाल्पादेवी केवलकार, भक्तपुर आइसल्याण्ड रिसोर्ट एण्ड वाटरल्याण्ड, मध्य कालिगण्डकी हाइड्रो, टिप्ल्याङ कालिगण्डकी हाइड्रो, आइएमई सिमेन्ट र काठमाडौं टेक्निकल स्कुलमा लगानी भित्र्याउन प्रस्ताव गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अहिले सचिवालयले तेस्रो लगानी सम्मेलनको तयारी तीव्र  रूपमा गरिरहेको जनाएको छ ।  सचिवालयले केही अतिथिहरूका लागि निमन्त्रणा पनि पठाइसकेको छ ।  केहीलाई भने पठाउने प्रक्रिया अगाडि बढाइएको लगानी बोर्डका सहसचिव तथा प्रवक्ता प्रद्युम्न उपाध्याय बताउँछन् । 

अहिलेसम्म बोर्डले विदेशी नियोगमार्फत् १२४ जनालाई निमन्त्रणा पठाइसकेको छ । 

Global Ime bank

“बाहिरका हाम्रा महावाणिज्यदूत र दूतावासले समन्वय गरिरहेका छन् । अहिलेसम्म १२४ लगानीकर्ता र कार्यपत्र प्रस्तोताहरूलाई हामीले निमन्त्रणा पठाइसकेका छौं,” उपाध्यायले भने, “केही मथिल्लो लेबलमा अर्थमन्त्रीज्यूले साइन गरेका केही इन्भिटेशन छन् ।”

लगानी सम्मेलन आउन अब दुई महिना बाँकी छ । सचिवालयले लगानी सम्मेलनका लागि १२१ वटा सरकारी निकायबाट प्रोजेक्टहरू तय गरेको छ ।  यी निजी क्षेत्रले प्रस्ताव गरेका बाहेकका प्रोजेक्ट हुन् ।  त्यसमा सबैभन्दा बढी हाइड्रोपावरसँग सम्बन्धित प्रोजेक्ट छन् । ट्रान्समिसन लाइन, रोड तथा विमानस्थलमा पनि लगानी भित्र्याउने तयारी भइरहेको छ ।

बाह्य लगानीकर्तालाई आकर्षित गर्न सकारले प्रतिफल दिने प्रोजेक्टहरू छनोट गरेको बताइएको छ ।  कतिपय प्रोजेक्टहरू लगानीका कारण रोकिएकाले ति प्रोजेक्टलाई अगाडि बढाउन लगानी खोजिने सचिवालयले जानकारी दिएको छ ।

सम्मेलनमा आठ करोड रुपैयाँ खर्च प्रस्ताव गरिएको छ ।  तर, यो सबै रकम नलाग्न सक्ने प्रवक्ता उपाध्याय बताउँछन् ।  सम्मेलनका लागि बेलायतको एफसीडीओले अनुदान सहयोग गर्ने उनी बताउँछन् ।  एफसीडीओले गर्ने अुदान सहयोग बाहेक सरकारी खर्च हुने बताइएको छ ।

वक्ताको रूपमा कसलाई बोलाइएको छ ?

तेस्रो लगानी सम्मेलनका लागि विश्वका प्रख्यात व्यवसायीहरू नेपाल बोलाउने तयारीका साथ निमन्त्रणा पठाइएको छ ।  विभिन्न देशमा भएका नेपाली दूतावासमार्फत अधिकांशलाई निमन्त्रणा पठाइएको छ भने केहीलाई पठाउने तयारी भइरहेको छ । 

सम्मेलनमा वक्ताको रूपमा रिलायन्स इन्ड्रष्टिजका मुकेस अम्बानी, अडानी ग्रुपका गौतम अडानी, अलिबाबाका संस्थापक ज्याक मा, टेस्लाका सीईओ एलन मस्क, माइक्रोसफ्टका संस्थापक बिल गेट्स, एप्पलका सीईओ टिम कुक, अट्रेलियन बिजनेसमेन एन्ड्रयु फरेस्ट, फेसबुकका सीईओ मार्क जुकर्बक, टाटा ग्रुपका अध्यक्ष रतन टाटा, सामसोङका सीईओ हान जोङ–हिलगायतलाई बोलाइएको छ ।

त्यस्तै वित्तीय क्षेत्रतर्फ एसियन डेभलपमेन्ट बैंक, इन्टरनेशनल फाइनान्स कर्पाेरेसन, एशियन इन्फ्राइस्टक्चर बैंक, जापानी सहयोग नियोग (जाइका), विश्व बैंक, वल्र्ड एसोसिएसन अफ पीपीपी यूनिट, इन्टरनेशनल फण्ड फर एग्रिकल्चर डेभलपमेन्ट बैंक, (आईएफए), जापान बैंक फर इन्टरनेशनल कोअपरेसनलाई पनि सहभागिताका लागि निमन्त्रणा गरिएको छ ।

प्रस्तावित प्रजेक्टहरू पुरानासहित नयाँ पनि थपिएको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !