site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सालिन मृत्यु घटनाको गहन अनुसन्धान गर्न कांग्रेसको माग
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसले चितवनको रत्ननगर नगरपालिका–१० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीया छात्रा सालिन पोखरेलको केही दिनअघि सोही स्कुलको होस्टेलमा मृत्यु भएको घटना र त्यससँग जोडिएका शंकास्पद विवरणप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

कांगेसले शनिबार विज्ञप्ति जारी गर्दै विद्यालयको अभिभावकत्वमा उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी एउटी बालिका झुन्डिएको अवस्थामा मृत भेटिनु र त्यसका पछाडि आत्महत्या दुरुत्साहन या हत्याको आशंकाको स्थिति पैदा हुनु अत्यन्तै गम्भीर रहेको उल्लेख गरेको छ । यो घटनालाई निष्पक्ष ढंगले गहन अनुसन्धान गरी छिटोभन्दा छिटो सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कारबाहीका लागि कांग्रेसले सरकारसँग माग गरेको छ ।

यो दुःखद क्षणमा बालिका सालिन पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै कांग्रेसले उनको परिवारजनप्रति समवेदना व्यक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय