site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनताका सल्लाह र आलोचनाले अघि बढ्न प्रेरित गर्छ : नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काम गर्ने तरिकामा भएको त्रुटीको समीक्षा गर्न सुझाएका छन् । 

भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रममा उनले प्रधानमन्त्रीले विज्ञ, उद्यमीलगायत विभिन्न क्षेत्रका व्यक्तिलाई बोलाएर छलफल गर्ने गरे पनि सोहीअनुसार परिणाम आउन नसकेको बताए । “...यसका बाबजुद पनि परिणाम हामीले पाउन सकेका छैनौँ । परिणाम कसरी प्राप्त गर्न सकिन्छ । हाम्रा योजनामा कहाँ त्रुटी रहेका छन् । हाम्रा कामका तरिकामा कहाँ त्रुटी रहेका छन् । यी सबैको पनि समीक्षा गर्नुपर्ने आवश्यकता छ,” नेपालले भने । 

उनले जनताका सल्लाह र आलोचनाले सही बाटोमा अघि बढ्न प्रेरित गर्ने बताए । उनले महानगरकी मेयर रेनु दाहालप्रति जनताको प्रंशसा सुुनेको बताए । आफूले सोध्दा महानगरपालिबासीले सडक निर्माणमा प्रशंसा गरेको बताए ।

उनले त्रुटीको पक्षमा विचार गर्दै अझै सुन्दर बनाउन सुझाए । भूमिहीन किसान, सुकुम्बासीको समस्या समाधानका लागि ध्यान दिन आग्रह गरे । गुणस्तरीय शिक्षा, स्वास्थ्य लगायतका विषयमा तीनै तहका सरकारले समन्वय गरेर काम गर्नुपर्ने भनाइ उनको छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro