site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
स्पाइवेयर ‘पेगासस’को सोर्स कोड ह्वाट्सएपलाई दिन आदेश

काठमाडौं । विश्वकै सबैभन्दा खतरनाक साइबर हतियार मानिएको स्पाइवेयर ‘पेगासस’को सोर्स कोड ह्वाट्सएपलाई दिन अदालतले आदेश दिएको छ । मेटाले आफ्ना एक हजार चार सय ह्वाट्सएप प्रयोगकर्ताविरुद्ध पेगासस स्पाइवेयर प्रयोग भएको भन्दै मुद्दा हालेको थियो । 

उक्त मुद्दामा क्यालिफोर्नियाको उत्तरी जिल्ला अदालतकी न्यायाधीश फिलिस ह्यामिल्टनले मेटाको पक्षमा आदेश दिएकी हुन् । मेटाका लागि यो ठूलो कानुनी जित भनिएको छ । सन् २०१९ देखि मेटा यो मुद्दा लडिरहेको थियो ।

इजरायली साइबर इन्टेलीजेन्स कम्पनी एनएसओ ग्रुपले पेगासस स्पाइवेयर बनाएको थियो । एनएसओसँग इजरायली रक्षा मन्त्रालय समेत संलग्न रहेको बताइन्छ ।

पेगासस स्पाइवेयर कुनै पनि मोबाइल पुगेपछि फोन ह्याक गर्नेदेखि फोन कल, इमेल, फोटो, लोकेसनलगायत सबै जानकारी संकलन गर्नसक्छ ।

अमेरिकाले सन् २०२१ मा एनएसओलाई कालोसूचीमा राखेको थियो । एनएसओले पोल्यान्ड, साउदी अरेबिया, रुवान्डा, भारत, हंगेरी र संयुक्त अरब इमिरेट्समा सरकार विरोधी व्यक्तिको फोनमा राख्न पेगासस बिक्री गरेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्