site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री पौडेल
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक)माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् । 

प्रतिनिधिसभाको आज बस्ने बैठकमा मन्त्री पौडेलले जवाफ दिने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ ।

आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सांसदहरूले धारणा राख्ने क्रम आज सकिएपछि मन्त्री पौडेलले जवाफ दिन लागेका हुन् । 

प्रतिनिधिसभामा वैशाख ३० गतेदेखि उक्त प्रस्तावमा छलफल हुँदै आएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  ०६:१७
प्रतिक्रिया दिनुहोस्