site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पश्चिमी वायु आजदेखि पुनः सक्रिय हुँदै, यी स्थानमा हुनेछ वर्षा
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायु पुनः सक्रिय हुँदा वर्षाको सम्भावना रहेको हो । अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेकोमा साँझबाट यो प्रणाली (पश्चिमी वायु) थप सक्रिय हुँदा वर्षा हुने भएको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान गण्डकी र कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागका अनुसार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज साँझबाट पश्चिमी क्षेत्र हुँदै पश्चिमी न्यूनचापीय प्रणाली पुनः केही दिन सक्रिय हुने भएको छ । आज बेलुकाबाट पश्चिमी क्षेत्रबाट बादल प्रवेश गर्न सुरु गर्ने मौसमविद् सञ्जिव अधिकारी बताउँछन् । “पश्चिमी न्यूनचापीय प्रणाली पुनः केही दिन सक्रिय हुँदा केही दिन पुनः हिउँदे वर्षा हुनेछ,” उनले भने । 

आजबाट पुनः सक्रिय हुने प्रणालीले पश्चिमी भू–भागमा तुलनात्मक रूपमा धेरै र मध्य तथा पूर्वी क्षेत्रमा कम वर्षा गराउने उनको भनाइ छ । 

यो प्रणाली आइतबारसम्म जारी रहने मौसमविद् अधिकारी बताउँछन् । 

भोलि वाग्मतीसहित धेरै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भोलि सुदूरपश्चिम र कर्णाली प्रदेशसहित गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । 

लुम्बिनी प्रदेशसहित गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा र देशका बाँकी पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । 

भोलि राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा वाग्मती प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वाग्मती प्रदेशको तराई र कोसी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  ०६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro