site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लगानी सम्मेलनलाई मध्यनजर गरी कानुनमा संशोधन गरिँदै छ : प्रधानमन्त्री
तस्बिर : प्रधानमन्त्रीको सचिवालय ।
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो वैशाखमा हुन लागेको लगानी सम्मेलनलाई मध्यनजर गरी सरकारले कानुनमा संशोधन गर्ने कार्य अघि बढाएको बताएका छन् । बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पूर्वाधारसम्बद्ध आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधान र वन तथा जग्गा प्राप्तिसँग सम्बन्धित विषय हल गर्ने गरी कानुन परिमार्जनलाई प्राथमिकतामा राखिएको बताए । सामान्य नतिजामा सन्तोष गर्ने सुविधा नरहेको उनले उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

उनले बृहत् दृष्टिकोण, योजना, उत्कृष्ट कार्यशैलीका साथ सकारात्मक प्रभाव पार्ने र नतिजा हासिल गर्ने गरी दृढताका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रालयको नेतृत्व गर्ने सबै मन्त्री र सचिवहरूले आफ्नो कामको जिम्मेवारीबोध गर्नुपर्नेमा जोड दिए । –न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १५:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu