site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निगम सुधार कार्यान्वयन सिफारिस समितिले बुझायो प्रतिवेदन 

काठमाडौं । नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्ययन समितिको प्रतिवेदन अध्ययन तथा कार्यान्वयन गर्न बनेको समितिले चौथो प्रतिवेदन बुझाएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वमा समिति बनाएको थियो । सो प्रतिवेदन कार्यान्वयन गर्न पूर्वक्याप्टेन कुलबहादुर लिम्बू नेतृत्वमा समिति बनेको थियो । सो समितिले बिहीबार चौथो प्रतिवेदन बुझाएको हो । 

समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, मन्त्रालयका सचिव दिपक काफ्ले र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई संयुक्तरूपमा प्रतिवेदन बुझाएको हो । 

समितिले बुझाएको प्रतिवेदनमा मुख्यगरी चार ओटा बुँदा समावेश गरिएको छ । पहिलो बुँदामा आन्तरिक लेखा परीक्षण प्रभावकारी बनाउने, दोस्रोमा सञ्चालक समितिको निर्णय र निगमको सुशासन प्रभावकारी बनाउन लेखा समिति बनाउने रहेको छ । 

त्यस्तै, तेस्रोमा निगमलाई आर्थिक रूपले प्रभावकारी बनाउन सोल्टी होटेलको सेयर बिक्री गर्ने रहेको छ । चौथो बुँदामा निगमको यथार्थपरक व्यावसायिक कार्ययोजना बनाउने प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनलाई प्रभावकारी कार्यान्वयनका लागि मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्षलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro