site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मकवानपुरमा विवाहमा ‘ग्याङ फाइट’, दुईजना घाइते
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–६, रुपाचुरीस्थित एक विवाहमा गएका युवाबीच ‘ग्याङ फाइट’ भएको छ । बुधबार राति दुई पक्षबीच कुटपिट हुँदा विवाहका गएका दुई युवक घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।

मनहरी गाउँपालिकाकै उज्वल थिङ र रोनिस लामा घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिइन् ।

थिङको अवस्था गम्भीर छ । उपचारका निम्ति उनलाई चितवनको भरतपुर मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ ।

रुपाचुरीका सरोज प्रजाको विवाहमा गएका युवाबीच झगडा भएको थियो । रुपाचुरीकै इमान घलान, मनिक घलानसहितको युवाको समूहले उनीहरूमाथि कुटपिट गरेका थिए । कुटपिटमा संलग्न दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  ११:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro