site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्य बिमाको सुविधा थैलीबाट हटाइयो लिनाग्लिप्टिन ट्याब्लेट 

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले लिनाग्लिप्टिन २.५ एमजी ट्याब्लेटलाई सुविधा थैलीबाट हटाएको छ । बोर्डले मंगलबार सूचना जारी गर्दै सो औषधि सुविधा थैलीबाट हटाइएको जनाएको छ  । 

औषधि व्यवस्था विभागले लिनाग्लिप्टिन ग्रुपका विभिन्न औषधिहरू उत्पादन र बिक्रीमा रोक लगाएका कारण सुविधा थैलीबाट हटाइएको बोर्डले जनाएको छ । मधुमेहको उपचारमा प्रयोग हुने सो ग्रुपका औषधि सिफारिस नगर्न/नगराउन पनि बोर्डले सम्बन्धित सबैमा सूचित गरेको छ । 

विभागले सुरक्षा तथा प्रभावकारीको कारण देखाउँदै गएको मंसिर ११ गते लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, लिनाग्लिप्टिन २.५ एमजी तथा मेटफर्मिन ५०० एमजी, लिनाग्लिप्टिन २.५ एमजी तथा मेटफर्मिन ८५० एमजी, लिनाग्लिप्टिन पाँच एमजी तथा मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन पाँच एमजी मेटफर्मिन ८५० एमजी ट्याब्लेटलाई अर्को सिफारिस नहुँदासम्म नयाँ उत्पादन नगर्ने निर्णय गरेको थियो । 

ती औषधिका बजारमा भएका ब्रान्ड र नयाँ समेत उत्पादन गर्न विभागको निर्देशन छ । 

bivag-1709103849.jpg

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro