site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा बदली, छिटपुट पानी पर्ने सम्भावना
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंसहित देशका केही स्थानमा मंगलबार बदली भएको छ । काठमाडौंमा साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण बदली भएको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । “पश्चिमी वायुको आंशिक प्रभाव छ,” उनले बाह्रखरीसित भने ।

काठमाडौंमा पानी पनि पर्ने सम्भावना रहेको उनले बताए । मंगलबार साँझ र राति कतैकतै छिटपुट वर्षाको सम्भावना रहेको उनको भनाइ छ ।

“वर्षाको पनि केही सम्भावना छ । साँझ र राति फाटफुट पर्न सक्छ,” उनले भने, “जलवाष्पयुक्त हावाको पर्याप्त प्रभाव नहुँदा वर्षाको धेरै सम्भावना भने छैन ।”

काठमाडौंमा भोलि र पर्सिको मौसम सामान्य हुने उनले बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro