खेल
काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ । नेपालका कप्तान रोहितकुमार पौडेलले दुई विकेट लिएका छन् ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर फिल्डिङमा आएको नेपालले १०.४ ओभरमा तेस्रो विकेट लिएको हो । रोहितले नामिबियाका जान फ्राइलिन्कलाई बोल्ड गरे । पहिलो विकेट करन केसीले लिएका थिए ।
जारी खेलको ११ ओभर समाप्त हुँदा नामिबियाले तीन विकेट गुमाएर ६६ रन बनाएको छ ।
ट्वान्टी–२० विश्वकपको तयारीका लागि आयोजित शृंखलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८० १२:२६
प्रतिक्रिया दिनुहोस्