site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुन तस्करी जाँचबुझ आयोगको म्याद थप

काठमाडौं । सरकारले अवैध सुन तस्करी जाँचबुझ आयोगको म्याद थप गर्ने निर्णय गरेको छ । 

आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन १६ गतेबाट लागु हुनेगरी फागुन मसान्तसम्मका लागि थप गर्ने भन्ने निर्णय भएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

Dabur Nepal
NIC Asia

गएको साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० किलो अवैध सुन बरामद भएपछि सरकारले उक्त आयोग बनाएको हो । आयोगका अध्यक्ष डिल्लीराज आचार्यले प्रतिवेदन लेखनलाई अन्तिम रूप दिन १५ दिनको समय लाग्ने भन्दै फागुन मसान्तसम्मको समय मागेका थिए । 

सरकारले गएको असोज १५ मा आयोग गठन गरेको थियो । सुरुमा तीन महिनाको समय दिएर बनेको समितिले यसअघि नै दुई महिनाको समय थप गरिसकेको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro