site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
क्यानले गर्‍यो क्रिकेट खेलाडीको वर्गीकरण : कुन खेलाडी कुन ‘ग्रेड’मा ? 
फाइल तस्बिर ।

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली पुरुष तथा महिला क्रिकेट खेलाडीको वर्गीकरण गरेको छ । क्यानको यही फागुन १२ र १४ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट उक्त वर्गीकरण गरिएको हो ।

क्यानले गरेको नयाँ वर्गीकरणमा पुरुषतर्फ ग्रेड ‘ए’मा रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल गरी ६ खेलाडीलाई समावेश गरिएको छ ।

ग्रेड ‘बी’मा कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ शेख र अविनाश बोहरा गरी ६ खेलाडी छन् ।

Dabur Nepal
NIC Asia

यस्तै, ग्रेड ‘सी’मा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिस जिसी गरी चारजना छन् । ग्रेड ‘डी’मा पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ गरी सात खेलाडी छन् ।

क्यानले इमर्जिङ क्याटागोरीमा दिपेश कँडेल (कोसी प्रदेश), रुपेश सिंह (मधेस प्रदेश), रिजन ढकाल (वाग्मती प्रदेश), विपीन खत्री (गण्डकी प्रदेश), देव खनाल (लुम्बिनी प्रदेश), अर्जुन घर्ती (कर्णाली प्रदेश) र हेमन्त धामी (सुदूरपश्चिम प्रदेश)लाई राखेको छ ।

पुरुषतर्फ ग्रेड ‘ए’मा रहेका खेलाडीलाई मासिक एक लाख, ग्रेड ‘बी’कालाई ७० हजार, ग्रेड ‘सी’कालाई ५५ हजार, ग्रेड ‘डी’कालाई मासिक ३५ हजार र इमर्जिङ क्याटगोरीमा रहेका खेलाडीलाई मासिक २५ हजार रुपैयाँ तलब उपलब्ध गराइने क्यानले जनाएको छ ।

महिलातर्फ ग्रेड ‘ए’मा इन्दु वर्मा, रुबिना क्षेत्री र सीता रानामगर छन् । ग्रेड ‘बी’मा कविता कुँवर र ग्रेड ‘सी’मा पूजा महतो र अश्मिना कर्माचार्य छन् । यस्तै, ग्रेड ‘डी’मा अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र विन्दु रावल छन् ।

महिलातर्फ इमर्जिङ क्याटगोरीमा सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कञ्चन श्रेष्ठ, रुबि पोदार, सृष्टि जैसी, सम्झनाकुमारी खड्का र सना प्रविन छन् । 

क्यानले महिलातर्फ ग्रेड ‘ए’मा रहेकालाई मासिक ५० हजार, ग्रेड ‘बी’कालाई मासिक ३५ हजार, ग्रेड ‘सी’कालाई मासिक ३० हजार, ग्रेड ‘डी’कालाई मासिक २५ हजार र इमर्जिङ क्याटगोरीमा रहेका खेलाडीलाई मासिक २० हजार रुपैयाँ तलब उपलब्ध गराउनेछ ।

c1-1708940019.jpgc2-1708940019.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro