site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
किसानका समस्या समाधान नगरिए संसद् बैठक अवरुद्ध गर्छौँ : लिङदेन
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याज, लघुवित्तपीडित र दुग्ध किसानका समस्या समाधान नगरिए संसद्को आउँदो बैठक अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।

मिटरब्याज र लघुवित्तपीडितले काठमाडौंमा आन्दोलन चर्काइरहेका बेला उनले सरकारले उनीहरूलाई खुसी बनाएर फिर्ता पठाउनुपर्नेमा जोड दिए । त्यसो नगरिए आफूहरूले संसद् र सडकमा संघर्ष चर्काउने उनले चेतावनी दिएका हुन् ।

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद लिङदेनले बालकुमारी घटनामा दोषी करार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा समेत माग गरे । उनले मिटरब्याज, लघुवित्तपीडित र दुग्ध उत्पादक किसानको भुक्तानीको विषय सरकारले देखेर पनि नदेखेको जस्तो गरेर बसेको भन्दै आक्रोश व्यक्त गरे ।

“...सरकारले यो तीनवटा विषयमा – मिटरब्याजपीडितहरूको विषयमा, लघुवित्तपीडितहरूको विषयमा र दुग्ध उत्पादक कृषकहरूको विषयमा आउने बैठकभित्रमा ठोस सम्बोधन गरेन भने आउने बैठकबाट राप्रपाले संसद् अवरुद्ध गर्छ,” उनले भने, “हामीलाई संख्यामा कम भएको कारणले यहाँबाट निकालिन्छ भने हामी निस्कन तयार छौँ । तर, यो समस्यामा राष्ट्रिय प्रजातन्त्र पार्टी संसद् र सडक दुवैतर्फ उभिन्छ ।”

अध्यक्ष लिङदेनले सरकारले पीडामा रहेका जनताको समस्यालाई पनि बेवास्ता गरिरहेको आरोप लगाए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro