site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनकपुर–अयोध्या सीताराम दर्शन तथा पर्यटन प्रवर्धन कार्यक्रमको तयारी पूरा
Tiktok banner adTiktok banner ad

काठमाडौं । होटल संघ नेपालले सीताराम दर्शन तथा पर्यटन प्रवर्धन कार्यक्रमको तयारी पूरा भएको जनाएको छ । आउँदो मार्च ३ देखि ६ सम्म सीताराम दर्शन तथा पर्यटन प्रवर्धनम कार्यक्रममा देशभरबाट ७० भन्दा बढी सदस्य होटलहरूले भाग लिने जनाइएको छ ।

नेपालको पर्यटन प्रचारप्रसार र प्रवर्धन गर्न परम्परा अनुसार जानकी मन्दिरमा पूजा अर्चना तथा आरती गरी प्रसाद सौगातका साथै अन्य उपहारसहित अयोध्या राम मन्दिरमा चढाइने सघंनले जनाएको छ ।

यस कार्यक्रमबाट नेपाल र भारतबीच सदियौँदेखि रहिआएको धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध प्रगाढ भएर भारतबाट धार्मिक पर्यटकहरू नेपाल भित्र्याउन मद्दत पुग्ने संघ नेपालले जनाएको छ ।

लखनऊमा हुने बीटूबी कार्यक्रममा स्थानीय तथा कानपुर र गोरखपुरका सयजना भन्दा बढी प्रतिष्ठित टुर अपरेटरका साथै स्थानीय सञ्चारकर्मीहरुको उपस्थिति रहने छ ।

उक्त अवसरमा आयोजना हुने नेपाल साँझ कार्यक्रममा बर्दिया, नेपालगञ्ज, लुम्बिनी, वीरगन्ज, विराटनगर, पोखरा, चितवन र काठमाडौंका साथै मुलुकका सातै प्रदेशका धार्मिक तथा पर्यटकीय स्थलको प्रस्तुतीकरण रहने संघले जनाएको छ ।

भारतको अयोध्यालाई आध्यात्मिक केन्द्रको रूपमा विकास गरिरहेको परिप्रेक्ष्यमा करोडौँ पर्यटकहरू उक्त स्थानमा आउने हुँदा नेपाल सीमाभन्दा दुई सय किलोमिटर आसपास मात्र टाढा भएको उक्त स्थानबाट केही प्रतिशत मात्र पर्यटक नेपाल आकर्षित गर्न सके पर्यटन उद्योगमा टेवा पुग्ने लक्ष्य राखिएको संघले जनाएको छ । यस कार्यक्रमलाई संघको वार्षिक क्यालेन्डरमा राखी प्रचारप्रसारका कार्यक्रम तय गरिने संघको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रमबाट ‘चलिए पोखरा’, ‘घुमिए सौराहा’, ‘चलु जनकपुर’जस्ता क्षेत्रीय पर्यटन प्रवर्धनका कार्यक्रमको सफलतामा प्रत्यक्ष योगदान पुग्न गई आउँदो गर्मी याममा भारतमा सञ्चालन गरिने ‘गर्मी से बेहाल, चलो नेपाल’जस्ता कार्यक्रम पनि प्रभावकारी रहने संघले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro