site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘राष्ट्रियसभा अध्यक्ष कांग्रेसबाटै’
रमेशजंग रायमाझी ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता रमेशजंग रायमाझीले राष्ट्रियसभाको अध्यक्ष कांग्रेसबाटै हुने बताएका छन् । आइतबार सिंहदरबारमा कांग्रेसका बहालवाला र नवनिर्वाचित राष्ट्रियसभा सदस्यबीच परिचयात्मक भेटघाट तथा अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

राष्ट्रियसभा र समितिहरूमा सहभागिता जनाएर प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । संसद्मा प्रभावकारी भूमिका निर्वाह नगरेका कारण निराशा छाएको भन्दै उनले अब कांग्रेसले त्यसलाई चिर्न सक्नुपर्ने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, नवनिर्वाचित राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभाको गरिमालाई उच्च राख्ने, कानुन निर्माणमा सक्रियता साथै जनताका माग र अपेक्षा सम्बोधन हुने गरी काम गर्ने बताए । उनले संविधानको लक्ष्यानुसार जनताको हित र समुन्नत राष्ट्र निर्माण गर्नुपर्ने धारणा राखे ।

गएको राष्ट्रियसभा निर्वाचनबाट कांग्रेसका कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, जीतजंग बस्नेत, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया र  बलदेव बोहरा सदस्यमा निर्वाचित भएका छन् । हिमालयन टेली भ्वाइस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement