site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पर्यटकले २५ हजार बढी भारु बोकेर नेपाल आउन नमिल्ने कानुन संशोधन गरियोस् : सांसद शर्मा
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले पर्यटकले २५ हजारभन्दा बढी भारतीय रकम बोकेर नेपाल आउन नमिल्ने कानुन तत्काल संशोधन गर्नुपर्ने माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो माग गरेका हुन् ।

यही फागुन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीका कार्डियोलोजिस्ट अब्दुल्लाह मिनीलाई ९६ हजार भारु ल्याएकामा पक्राउ गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै उनले २४ घण्टाभित्र सो व्यवस्था संशोधन गर्न माग गरे ।

KFC Island Ad
NIC Asia

“...फागुन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा घटना भयो । एकजना टर्कीबाट आउनुभएको अन्तर्राष्ट्रियस्तरको कार्डियोलोजिस्ट गंगालाल अस्पतालमा आउँदै हुनुहुन्थ्यो । केही नयाँ प्रविधियुक्त कामहरू भइरहेका थिए,” उनले भने, “उहाँलाई गिरफ्तार गरियो । गिरफ्तार गर्नुको कारण उहाँले ९६ हजार आईसी बोकेर आउनुभएको रहेछ ।”

नेपालको पर्यटन क्षेत्र फस्टाउनका निम्ति उक्त कानुन बनाइएको वा डुबाउन भन्नेबारेमा गम्भीर हुनुपर्नेमा उनले जोड दिए । उनले ‘नेपालमा पैसा नभएकालाई मात्र ल्याएर पर्यटन उद्योग चलाउने हो ?’ भन्दै प्रश्न गरे ।

Royal Enfield Island Ad

“...सरकारका यो देशका प्रधानमन्त्री, यो राज्यसत्तालाई यो कुरा थाहा छ कि छैन ? वा थाहा पाएर पनि हामीले पटक–पटक भन्दा पनि सुतेर किन बसेको ? अब्दुल्लाह मिनी भन्ने जसलाई समातिएको हो, प्रमाण मसँग छ । उनले त्यहाँबाट छुट्दा चार लाख ६१ हजार २३२ रुपैयाँ पैसा नेपालभित्र उनका साथीहरूसँग सापटी लिएर धरौटी राखेर छुट्नुभयो,” उनले भने, “म प्रश्न सोध्न चाहन्छु यो मुलुकको प्रधानमन्त्रीलाई– तपाईंले कस्तो टुरिस्ट ल्याउन खोजेको हो ? २५ हजारभन्दा बढी आईसी बोक्न नपाउने, अनि यो देशमा हातमा एक रुपैयाँ पैसा नभएका भिखारीलाई मात्रै ल्याएर टुरिस्ट इन्डस्ट्री चलाउने हो ?”

सांसद शर्माले सरकार गैरजिम्मेवारपूर्ण ढंगबाट चलिरहेको आरोप लगाए । विपक्षीका आवाज दबाउने प्रपञ्च भइरहेको उनको भनाइ छ । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro