site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सात करोडमा किनेका थिए जीबी राईले मलेसियामा अपार्टमेन्ट, चलाउँछन् सपिङ मार्ट

काठमाडौं । सहकारीको रकम हिनामिनाको आरोप लागेका गितेन्द्रबाबु राई (जीबी)ले सन् २०१९ मै मलेसियामा अपार्टमेन्ट खरिद गरेको खुलेको छ । जीबीनिकट एक व्यवसायीले दिएको जानकारीअनुसार २६ लाख रिङ्गिट अर्थात् हालको नेपाली सात करोड २३ लाख ५८ हजार रुपैयाँ बराबरको अपार्टमेन्ट खरिद गरेका हुन् ।

उनले मलेसियाको राजधानी क्वालालम्पुरस्थित देशापन्डनमा उक्त अपार्टमेन्ट खरिद गरेका हुन् । अपार्टमेन्टबाहेक राईले मलेसियाकै अर्को सहर साइबरजयामा एक सपिङ मार्ट समेत सञ्चालन गरेको ती व्यवसायीको दाबी छ ।

ती व्यवसायीले भने, “जीबीले सन् २०१९ मा नै अपार्टमेन्ट किनेका हुन् । त्यो कुरा पहिले नै हामीलाई भनेका थिए । त्योबाहेक उनको सपिङ मार्ट समेत छ ।” राईको अपार्टमेन्टबाट उक्त सपिङ मार्ट ३२.७ किलोमिटरको दूरीमा पर्छ ।

Dabur Nepal
NIC Asia

पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १८ हजार बचतकर्ताको एक अर्ब ३५ करोड रुपैयाँ हिनामिना गरेको आरोप उनीमाथि छ । राई गएको भदौदेखि नै मलेसिया बसेको प्रहरीको दाबी छ ।

राईले पोखराबाहेक काठमाडौं, चितवन र बुटवलमा समेत सहकारी सञ्चालन गरेर निक्षेतकर्ताको रकम हिनामिना गरेको खुलेको छ । उनीसहित हाल सहकारी सञ्चालक समितिका अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरूद्ध प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल)ले डिफ्युजन नोटिस जारी गरेको छ ।

 

डिफ्युजन नोटिसलाई रेड नोटिसमा कन्भर्ट गर्न थप प्रक्रिया प्रहरीले अगाडि बढाएको छ । मलेसियामै रहेको निष्कर्ष निकालेपछि प्रहरीले रेड नोटिसमा कन्भर्ट हुनासाथ इन्टरपोलको सहयोगमा पक्राउ गरेर नेपाल ल्याउने तयारी थालेको छ । प्रहरी उच्च स्रोतका अनुसार जीबीको लोकेट भइसकेका कारण केही दिनभित्रै पक्राउ गरेर ल्याउने बताए । 

सूर्यदशन सहकारी ठगी प्रकरणमा पोखरा प्रहरीले साउनदेखि अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा १९ जनाले सहकारीको रकम अपचलन गरेको खुलेको थियो । हाल उक्त मुद्दा अदालत पुगेको छ । १९ जनामध्ये हाल पाँचजनालाई भने जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । १४ जना अझै फरार छन् । सहकारी ठगी प्रकरणमा हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत पूरक जाहेरी परेको छ ।

पूरक जाहेरीबारे समेत कास्की प्रहरीले अनुसन्धान थालेको छ । काठमाडौं प्रहरीको सहयोगमा कास्की प्रहरीले माघ २४ मा काठमाडौंको शंखमुलस्थित राईको अर्को नेचर हब्स इन्टरनेशनल प्रालिको कार्यालयमा छापा मारेको थियो । उक्त कार्यालय पूर्वडीआईजी छविलाल जोशीको घरमा राखेका छन् ।

जोशीले उक्त घर मासिक दुई लाख रुपैयाँ लिनेगरी २०७८ असारदेखि भाडामा लगाएको छ । प्रहरीले नेचर हब्स कार्यालयबाट सूर्यदर्शन सहकारी र काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीको डाटा सुरक्षण मेसिन (सर्भर) बरामद गरेको छ । डाटाबारे अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली समेत पोखरा पुगेको छ । 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro