site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जीबी राईविरुद्ध इन्टरपोलमा ‘डिफ्युजन नोटिस’ जारी

काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गितेन्द्र राई ‘जीबी’विरुद्ध ‘डिफ्युजन नोटिस’ जारी भएको छ । 

बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका जीबीविरुद्ध डिफ्युजन नोटिस जारी गरिदिन भन्दै कास्की प्रहरीले प्रहरी प्रधान कार्यालयमार्फत एनसीबीलाई पत्राचार गरेको थियो । 

एनसीबी काठमाडौंले इन्टरपोलको प्रधान कार्यालयलाई पत्र पठाएपछि नोटिस जारी भएको जनाइएको छ । 

Dabur Nepal
NIC Asia

यो नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्रहरूले राईबारेको सूचना नेपाल प्रहरीलाई दिनेछ । नेपाल ल्याउनैपर्ने अवस्थामा भने रेड नोटिस जारी गराउनुपर्ने हुन्छ । 

राई मलेसियामा रहेको आशंका छ । उनी त्यहाँ आएको पुष्टि भए त्यसपछि डिपोर्ट गरेर ल्याउने प्रक्रिया अघि बढ्ने एक प्रहरी अधिकृतले बताए ।

ग्यालेक्सी टेलिभिजनका सञ्चालक समेत रहेका ओखलढुंगाको सुनकोसी गाउँपालिका–१ का ४५ राईसहित हाल सूर्यदर्शन सहकारीका १५ जना आरोपी फरार छन् । जसमध्ये राई मुख्य आरोपी हुन् ।

आरोपी १९ जनामध्ये चारजना भने पुर्पक्षका लागि जेल चलान भएका छन् । पुर्पक्षका लागि थुनामा रहेका सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, शविबहादुर गुरुङ, भविश्वर अर्यालसहित चारजना छन् ।

राईसहितको समूहले सहकारीको एक अर्ब ३५ करोड रुपैयाँ हिनामिना गरेको पाइएको छ । सहकारीमा रकम जम्मा गरेर फिर्ता नपाएको भन्दै एक हजार ३५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । सूर्यदर्शन सहकारीका बचतकर्ता भने १८ हजार रहेको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

प्रहरीमा उजुरी पर्न थालेपछि राई फरार थिए । राईविरुद्ध जिल्ला अदालत पोखराले साउन २४ मा पक्राउ पुर्जी जारी गरेको थियो । त्यही बेलादेखि नै उनी फरार छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro