site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारीको अरबौं रकम ठगीकाे आरोप लागेका जीबी राई मलेसिया पुगेको आशंका, सम्पत्ति रोक्का 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमडौं । कास्कीको पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जोडिएका आरोपीहरू जेल चलान हुन थालेका छन् । सहकारीको रकम हिनामिना प्रकरणमा जोडिएका १९ जना बहालवाला तथा पूर्वसञ्चालकमध्ये दुईजना पुर्पक्षका लागि थुनामा पुगेका छन् ।

प्रहरीको नियन्त्रणमा रहेका थप दुईजनामाथि अदालती प्रक्रिया जारी छ । हाल पुर्पक्षका लागि थुनामा पुग्नेमा सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र पूर्वउपाध्यक्ष कैलाश दर्लामी छन् । दर्लामी रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नम्बर–७ का वडाध्यक्ष समेत हुन् । दर्लामीले सहकारीबाट स्थानीय चुनावअघि नै राजीनामा दिइसकेका थिए । तर, सहकारीले उनको राजीनामा सहकारी रजिस्टार कार्यालय ‘फरवार्ड’ नगर्दा उनी समेत थुनामा पुग्नु परेको बताइएको छ । सहकारीबाट दर्लामीले व्यक्तिगत कुनै ‘लोन’ भने लिएको नदेखिएको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीको थुनामा रहेका पोखरा मादी गाउँपालिका–१० का ३९ वर्षीय शिवबहादुर गुरुङ र स्याङ्जाको गल्याङ–९ का ४२ वर्षीय भविश्वर अर्यालविरुद्ध अदालती प्रक्रिया जारी छ । उनीहरू दुई दिन अघिमात्रै प्रहरीको सम्पर्कमा पुगेका थिए । गुरुङ सहकारी सञ्चालक समितिका पूर्वसदस्य र अर्याल वर्तमान सदस्य हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सहकारी ठगी प्रकरणमा जोडिएका सहकारीका सस्थापक अध्यक्ष एवं ग्यालेक्सी टेलिभिजनका सञ्चालक ओखलढुंगा सुनकोसी गाउँपालिका–१ का ४५ वर्षीय गितेन्द्र बाबु राई (जीबी) सहित १५ जना भने अझै फरार छन् । 

पोखरा महानगरपालिका–४ मा सञ्चालनमा रहेको सहकारीले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको र हिनामिना गरेको जाहेरी परेपछि प्रहरीले अनुसन्धान थालेको हो । सहकारीका सञ्चालकविरुद्ध अनुसन्धान गर्न कास्की प्रहरीले पहिलो पटक साउन २४ मा जिल्ला अदालत कास्कीबाट पक्राउपुर्जी पाएको थियो । त्यस्तै दास्रो पटक २ र ७ असोजमा गरेर १९ जनाविरुद्ध पक्राउपुर्जीको अनुमति पाएको हो ।

Royal Enfield Island Ad

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापाका अनुसार सहकारीको रकम फिर्ता नपाएको भन्दै एक हजार ३५ जनाले प्रहरीमा जाहेरी दिएका थिए । उनीहरूकै जाहेरीका आधारमा सञ्चालक समितिमाथि अनुसन्धान गर्न प्रहरीले पक्राउपुर्जी पाएको हो । सूर्यदर्शन सहकारीका बचतकर्ता भने १८ हजार छन् । उनीहरूको कुल एक अर्ब ३५ करोड रुपैयाँ हिनामिना भएको देखिएको एसपी थापाले बताए ।

हिनामिना गरिएको रकम सस्थापक अध्यक्ष जीबी राईले टेलिभिजन सञ्चान गर्न तथा अन्य प्रयोजनका लागि खर्च गरेको देखिएको छ । एसपी थापा भन्छन्, “सहकारीका सञ्चालकहरूले नै बचतकर्ताको रकमबाट विभिन्न ठाउँमा जग्गाजमिन खरिद गर्नेदेखि अन्य कारोबारका लागि लगानी गरेको देखिन्छ ।” सहकारीको रकमले जिबी राईसहित केही सञ्चालक समितिका सदस्यहरूले आफ्नो नाममा जग्गा जमिन खरिद गर्नेदेखि अन्य व्यवसायमा समेत लगानी गरेको खुलेको छ ।

कहाँ छन् मुख्य अरोपी जीबी राई ?
प्रहरीको थुनामा रहेका शिवबहादुर गुरुङ र भविश्वर अर्याल सोमबार आफैँ अदालतमा हाजिर भएका थिए । सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई भने प्रहरीले पहिलो पटक २४ साउनमा पक्राउपुर्जी जारी भएपछि पक्राउ गरेको थियो । उनीसँगै पक्राउपुर्जी जारी भएका सहकारीका मुख्य आरोपी जीबी राई भने अझै फरार छन् । उनी ६ महिनाअघिदेखि नै प्रहरीको फरार सूचीमा छन् । कहिले पोखरा महानगरपालिका–१७ घारीपाटन त कहिले काठमाडौंको धापासी बस्दै आएका ओखलढुंगाका जीबी अहिले भने लुकेर बसेका बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय पोखरा प्रहरी स्रोतका अनुसार राईले सहकारीको रकमबाट रुपन्देहीमा ४० बिघा जग्गा खरिद गरेको देखिएको छ । त्यस्तै ललितपुर, भक्तपुर र काठमाडौंमा समेत उनले करोडौं पर्ने जग्गा खरिद रहेको खुलेको छ । ती सबै पोखरा प्रहरीले किनबेच नहुने गरी रोक्का गरिसकेको छ ।

उनलाई पक्राउका लागि खोजी गरेको पोखरा प्रहरीले नभेटेपछि उनको खोजीका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई समेत पत्राचार गरेको थियो । तर राई अझै भेटिएका छैनन् । राई नेपाल छोडेर विदेश भागेको आशंका गरिएको छ ।

सोही आशंकापछि कास्की प्रहरीले राईसहित पक्राउपुर्जी जारी गरिएका आरोपीलाई विदेशबाट फिर्ता गराउन प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोलबाट डिफ्युजन नोटिस जारी गराउन प्रहरी प्रधान कार्यालयस्थित नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौंलाई पत्राचार गरेको छ ।

सीआईबी उच्च स्रोतका अनुसार जीबी राई भागेर मलेसिया पुगेका छन् । “जीबी राई मलेसिया पुगेको सूचना पाएका छौं । त्रिभुवन विमानस्थल प्रयोग भएको जस्तो देखिँदैन । भारतबाट त्यहाँ पुगेको हुनसक्छन् । हामी भेरीफाई गर्दै छौं,” सीआईबी स्रोतले भन्यो ।

जीबी राईले सूर्यदर्शन सहकारीबाहेक अन्य सहकारी मार्फत समेत ठूलो रकम हिनामिना गरेको खुलेको छ ।

पक्राउपुर्जी जारी भएका १९ आरोपी 
१) सूर्यदर्शन सहकारीका सस्थापक अध्यक्ष– गितेन्द्र बाबु राई
२) सहकारीका पूर्वउपाध्यक्ष– कैलाश दर्लामी
३) सहकारीका सचिव– धिरजकुमार दास
४) सहकारीका कोषाध्यक्ष– कुमार रम्तेल
५) सहकारी संचालक समिति सदस्य– हेमन्त अधिकारी
६) सहकारी संचालक समिति सदस्य– प्रमोद भट्टराई
७) सहकारी संचालक समिति अध्यक्ष– थानबहादुर बुढा मगर
८) सहकारी संचालक समिति पूर्वसचिव– अनुज नकर्मी
९) सहकारी संचालक समिति पूर्वअध्यक्ष– भूपेन्द्र राई
१०) सहकारी संचालक समिति पूर्वसदस्य– शिवबहादुर गुरुङ
११) सहकारी संचालक समिति सदस्य– भविस्वर अर्याल
१२) सहकारी संचालक समिति सदस्य– आइस्मा गुरुङ
१३) सहकारी संचालक समिति सदस्य– कविता तामाङ
१४) सहकारीका संचालक समिति सदस्य– सागर केसी
१५) सहकारीका संचालक समिति सदस्य– ललिता तामाङ
१६) सहकारीका संचालक समिति सदस्य– दिनेश रोका
१७) सहकारी संचालक समिति लेखा अधिकृत– सृष्टी मानन्धर
१८) सहकारी संचालक समिति लोन अधिकृत– बुद्धि गुरुङ
१९) सहकारी संचालक समितिका पूर्वसचिव– सुरज श्रेष्ठ 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro