site stats
बाह्रखरी :: Baahrakhari
देश
पुरानो कुरा बिर्सिएर कार्यालय आएँ, अब थप सशक्त ‍ढंगले काम हुन्छ : राजु पाण्डे

काठमाडौं । उच्च अदालतको आदेशपछि काममा फर्किएका काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले पुरानो कुरा बिर्सिएर कार्यालय आएको बताएका छन् । बिहीबार कार्यालयको नियमित काममा आएका पाण्डेले सञ्चारकर्मीसँग नियम–कानुनको परिधिभित्र रहेर काम गर्ने बताए ।

उनले कानुनले तोकेबमोजिम नगर प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, कार्यपालिका सदस्यहरू, नगर सभाका सदस्य सवैसँग जवाफेदेही रहने धारणा राखे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आफू १५ दिन सेवाबाट बाहिर रहँदा अनुशासनहीन क्रियाकलाप भएको सुनेको भन्दै उनले नियमकानुनविपरीत गतिविधि गर्नेलाई कारबाही गर्ने बताए ।

पाण्डेले 'चेन अफ कमान्ड' नमान्ने कुनै पनि तहको कर्मचारीलाई नछाड्ने चेतावनी दिए । कोहीप्रति आग्रह पूर्वाग्रहबिना अब थप सशक्त भएर परिणाममुखी ढंगले महानगर प्रहरीले काम गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १८:२९
प्रतिक्रिया दिनुहोस्