site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जीबी राईसहित सूर्यदर्शन सहकारीका चार जना पक्राउ गर्न प्रहरीले गुहार्दै इन्टरपोल

काठमाडौं । सम्पर्क विहीन ग्यालेक्सी टेलिभिजनका सञ्चालक एवं पोखरा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गितेन्द्र राई ‘जीबी’ सहित चार जनालाई पक्राउ गर्न प्रहरीले इन्टरपोल गुहार्ने भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले इन्टरपोलमार्फत पक्राउ गर्न आवस्यक प्रक्रिया अघि बढाएको हो । कास्की प्रहरीले जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको लामो समयसम्म पनि पक्राउ गर्न नसके पछि पक्राउ गर्न इन्टरपोलको सहयोग माग्न लागेको हो ।

Dabur Nepal
NIC Asia

त्यसको लागि कास्की प्रहरीले प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखालाई पत्राचार गरिसकेको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए । अब इन्टरपोल शाखाले इन्टरपोलको हेडक्वाटरलाई पत्राचार गर्ने छ ।

उनीहरू नेपाल छोडेर विदेश भागेको आशंका भएपछि इन्टरपोलमार्फत् ‘डिफ्युजन नोटिस’ जारी गर्न लागिएको हो ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पहिलो चरणमा अध्यक्ष जीबी राईसहित पूर्वअध्यक्षद्वय भूपेन्द्र राई, थानबहादुर बुढा मगर र पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरूङविरूद्ध इन्टरपोलमार्फत् ‘डिफ्युजन नोटिस’ जारी गर्न लागिएको प्रहरीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १४:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro