site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जीबी राई मलेसियामा अपार्टमेन्ट खरिद गरेर बसेको प्रहरी निष्कर्ष,  रेड नोटिस जारी गरेर नेपाल ल्याउने तयारी

काठमाडौं । प्रहरीको अन्तराष्ट्रिय अपराध संगठन (इन्टरपोल) मार्फत डिफ्युजन नोटिस जारी भएका गितेन्द्रबाबु (जीबी) राई मलेसियामा रहेको ‘लोकेट’ भएको छ ।

पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरण पछि फरार रहेका सहकारीका संस्थापक अध्यक्ष एवं ग्यालेक्सी टेलिभिजनका सञ्चालक राई भागेर मलेसिया पुगेको प्रहरी निष्कर्ष छ ।

इन्टरपोल मलेसियाले जीबी राई मलेसियामै रहेको सूचना एनसीबी काठमाडौंलाई दिएको हो ।  यद्यपी पक्राउ गरेर नेपाल ल्याउन भने डिफ्र्युजन नोटिस प्रभावकारी नहुने भएकाले डिफ्युजन नोटिसलाई रेड नोटिसमा कन्भर्ट गर्ने तयारी प्रहरीले गरेको छ ।

उच्च प्रहरी स्रोतका अनुसार जीबी राईले मलेसियामै अपार्टमेन्ट खरिद गरेर बसेको सूचना प्राप्त भएको छ ।

“जीबी मलेसियामा रहेको लोकेट भइसकेको छ । हामीले मलेसियामा रहेका नेपालीसहित त्यहाँका प्रहरीसँगसमेत समन्वय गरिसकेका छौँ । उनले अपार्टमेन्ट नै किनेर बसेको खुलेको छ । अब डिफ्युजन नोटिसलाई रेड नोटिसमा कन्भर्ट हुनासाथ पक्राउ गरेर नेपाल ल्याउँछौं,” उच्च प्रहरी स्रोतलेबाह्रखरीसँग भने ।

जीबी राईसहित इन्टरपोलले सहकारी संचालक समितिका अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरूद्ध डिफ्युजन नोटिस जारी भएको छ । उनीहरु पनि हाल फरार छन् ।

उनीहरुबाहेक सहकारीको रकम हिनामिना प्रकरणमा जोडिएका १२ जनासमेत फरार छन् । पोखरा प्रहरीले सहकारी ठगी प्रकरणबारे गरेको अनुसन्धानका आधारमा १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको थियो ।

सहकारी ठगी प्रकरणमा हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिसमेत पुरक जाहेरी परेको छ । त्यसबारेसमेत प्रहरीले अनुसन्धान थालेको छ । २४ माघमा जीबी राईका अर्का साझेदार पूर्वडीआईजी छविलाल जोशीको शंखमूलस्थित घरमा प्रहरीले छापा मारेको थियोे । 

त्यो बेला पोखरा प्रहरीले चारवटा डाटा संकलन सर्भर बरामद गरेको थियो ।  सर्भरमा जिबी राईले सञ्चालन गरेका विभिन्न सहकारीको रेकर्ड भेटिएको प्रहरीको दाबी छ । त्यसबारे अनुसन्धान गर्न पोखरा प्रहरीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीको सहयोग मागेको छ । 

पोखरा प्रहरीको पत्राचार पछि सीआईबीका प्रहरी निरीक्षक प्रदीप क्षेत्रीको नेतृत्वमा प्राविधिक पाटोको अनुसन्धान गर्न टोली पोखरा पठाएको छ । सूर्यदर्शन सहकारीका १८ हजार बचतकर्ताको एक अर्ब ३५ करोड रुपैयाँ हिनामिना भएको खुलेको छ ।

रकम हिनामिना प्रकरणमा हाल सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र शिवबहादुर गुरुङ र भविश्वर अर्यालसहित पाँच जनालाई पोखरा जिल्ला अदालतले पुर्पक्षका लाथि थुनामा पठाएको छ । सहकारीका सञ्चालकविरुद्ध अनुसन्धान २४ साउनबाट कास्की प्रहरीले अनुसन्धान थालेको थियो । 

सहकारीको रकमले जीबी राईसहित केही सञ्चालक समितिका सदस्यहरूले आफ्नो नाममा जग्गा जमिन खरिद गर्नेदेखि अन्य व्यवसायमा समेत लगानी गरेको खुलेको छ । आरोपीहरुको सम्पत्ति हाल रोक्का गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro