site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संविधानले पूर्णता पाउन सकेन : विमलेन्द्र निधि 

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले संविधानले पूर्णता नपाएको बताएका छन् ।

पार्टीको ललितपुरमा जारी महासमिति बैठकको समापन समारोहमा बिहीबार बोल्दै उनले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन बने पनि पूर्णता भने नभएको बताएका हुन् ।

“संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन बनायौँ । तर, प्रणालीले पूर्णता पाएको छैन,” उनले भने, “मुख्यमन्त्रीहरूले नै आन्दोलनको अभिव्यक्ति दिइरहनु भएको छ । स्थानीय तह पनि सिंहदरबार धाइरहेका छन् ।” 

त्यस्तै, उनले यहाँबाट फर्केर जाने कांग्रेस महासमिति सदस्यहरूलाई आगामी निर्वाचनमा गठबन्धन गर्नै नपर्ने गरी संगठन बनाउन ध्यान दिन आग्रह पनि गरे । उनले मतदाता र जनताको अधिकार रक्षाका लागि लाग्न पनि कांग्रेस एक भएर लाग्नुपर्ने तर्क गरे । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro