राजनीति
ललितपुर । नेपाली कांग्रेसको महासमिति बैठकमा चुनावी गठबन्धन नगर्ने प्रस्ताव पारित भएको छ ।
ललितपुरको गोदावरीमा जारी महासमिति बैठकले गठबन्धन नगर्ने विषय पारित गरेको हो ।
कांग्रेस महामन्त्री गगन थापाले सांगठनिक प्रस्तावमार्फत चुनावी गठबन्धन नगर्ने प्रस्ताव राखेका थिए ।
थापाले प्रस्तावमा भनेका छन्, “हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौँ र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौँ ।”
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८० १६:४८
प्रतिक्रिया दिनुहोस्