site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बैठकमा ६५ जनामात्र सांसद : संख्याको प्रश्न उठेपछि स्थगित
Sarbottam CementSarbottam Cement

काठमाडौं । संसद्‌मा ६५ जना मात्र सांसद उपस्थित भएपछि आजको संसद् विनाकुनै निर्णय रोकिएको छ । शून्य र विशेष समयको कार्यसूची सकिएपछि राजनीतिक दलसम्बन्धी ऐन (दोस्रो संशोधन) विधेयक पेस गर्ने कार्यसूची थियो । 

विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नेक्रममा एमाले सचेतक महेश बर्तौलाले गणकपूरक संख्या एकिन गर्न माग गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले संविधानको धारा ९४ ध्यानाकर्षण गराउँदै कुनै पनि प्रस्तावमा निर्णय गर्न एक चौथाई सदस्यको उपस्थिति आवश्यक हुने ध्यानाकर्षण गराएका थिए ।

गणपूरक संख्या एकीन गर्न ध्यानाकर्षण गराएपछि सभामुखले तीन मिनेट घण्टी बजाएर संख्या एकीन गरेका थिए । एक चौथाई हुन ६९ सांसद आवश्यक हुनेमा संंख्या एकीन गर्दा ६५ जना मात्र पाइएपछि सभामुखले आजको बैठकका बाँकी सबै कार्यसूची स्थगित भएको घोषणा गरे । सभामुखले संसद्को अर्को बैठक शुक्रबार बिहान ११ बजेका लागि तोकेका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १४:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement