site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस महासमिति बैठक आज सकिने
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकको समापन आज हुने भएको छ । तेस्रो दिन (बुधबार) नेताहरूले राखेका पाँचवटा प्रतिवेदनमाथि समूहगत छलफल भएको थियो ।

नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले मंगलबार प्रस्तुत भएका प्रतिवेदनमाथि महासमिति सदस्यहरूले समूह बनाएर छलफल गरेका थिए । 

बुधबार बन्दसत्रमा धारणा राख्न बाँकी महासमिति सदस्यहरूले बिहीबार (आज) धारणा राख्नेछन् । 

सोमबारबाट सुरु भएको महासमिति बैठकमा मंगलबार उपसभापति पूर्णबहादुर खड्काले नीतिगत, महामन्त्री गगन थापाले संगठनात्मक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक राजनीतिक, प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्थासम्बन्धी प्रतिवेदन पेस गरेका थिए । 

संस्थापन इतर भन्छ– गठबन्धन गर्नै हुँदैन, संस्थापन भन्छ– अहिले नै किन चाहियो ?

आज बिहान ८ः३० बजेदेखि सबै महासमिति सदस्यहरू एउटै हलमा रहनेछन् । सातै प्रदेशमा सभापतिहरूले समूहबाट निस्केको निष्कर्ष राख्नेछन् । दिउँसो साढे २ बजेदेखि महासमिति बैठकको समापन समारोह हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ०६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro