site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संस्थापन इतर भन्छ– गठबन्धन गर्नै हुँदैन, संस्थापन भन्छ– अहिले नै किन चाहियो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा जारी छ । सोमबार सुरु भएको बैठकमा मंगलबार नेताहरूले प्रतिवेदन प्रस्तुत गरे । बुधबार प्रतिवेदनमाथि समूहगत छलफल भयो ।

छलफलका लागि चारवटा हलको व्यवस्था थियो । व्यवस्थापनले तीन मिनेटको समय दिएर सदस्यलाई बोल्न दिएको थियो । प्राय: समूहमा महामन्त्री गगन थापाको प्रतिवेदनमाथि विशेष चर्चा भयो । अर्थात्,  दिनभरजसो पार्टीले चुनावी गठबन्धन गर्ने/नगर्ने विषयमा विशेष छलफल भयो ।

विरोधमा संस्थापन पक्ष

Prabhu Bank
Agni Group
NIC Asia

संस्थापन निकट प्रतिनिधिले गठबन्धन गर्ने/नगर्ने विषय प्रतिवेदनमै आउन नहुने धारणा राखे । उनीहरूले अहिले नै चुनावी गठबन्धनबारे छलफल गर्न आवश्यक नभएको तर्क गरे ।

“आफूले टिकट पाए गठबन्धन ठिक नपाए बेठिक । कम्युनिस्टहरू मिल्न लागेका छन्, राष्ट्रियसभा अध्यक्षजस्तो संवैधानिक पद पनि गुमेपछि ओठ–तालु सबै सुक्छ,” रमेशजंग रायमाझी बैठकमा कड्किए ।

Global Ime bank

सुदूरपश्चिम प्रदेशका उपसभापति लोकराज अवस्थीले अहिले गठबन्धनको कुरा गर्ने समय र परिस्थिति नभएको बताए । “व्यवहारमा गठबन्धन गर्ने अवस्था आए गर्ने, सक्षम भए नगर्ने । त्यसकारण यो प्रस्तावमा ल्याउनै पर्दैन,” उनको भनाइ थियो ।

कैलालीबाट प्रतिनिधित्व गरेका विजय स्वारले महाधिवेशनपछि नयाँ कमिटी आउने र त्यसले गठबन्धन गर्ने/नगर्ने निर्क्यौल गर्ने बताए ।

बचाउमा संस्थापन इतर

संस्थापन पक्ष निकट नेताहरूले गठबन्धन नगर्ने प्रस्तावमा विमति जनाउँदा संस्थापइतर पक्षका अधिकांश सदस्य भने गठबन्धन गर्न नहुने पक्षमा उभिए । उनीहरूले चुनाव हारे पनि राजनीति जित्न भए पनि गठबन्धन आवश्यक नहुने धारणा राखे । 

पाँचथर पार्टी सभापति रूपनारायण जबेगुले गठबन्धन गरेर पार्टी ठुलो बन्दा पनि निराशा भएकाले अब गठबन्धन गर्न नहुे बताए । उनले त संविधानबाटै चुनावी गठबन्धन रोक्नुपर्ने तर्क गरे ।

“गठबन्धनमा केही समस्या छ । पालिका जित्दा पनि कोही सन्तुष्ट छैन, त्यसकारण गठबन्धन गर्नु राम्रो हैन । अर्को चिह्नमा मतदान गरराउँदा संस्थागत समस्या आएको छ । तर, अरू दलले पनि गठबन्धन गर्न नसक्ने गरी पहल गरियोस् । संविधान सच्याऔँ,” उनले भने ।

सुनसरीबाट प्रतिनिधित्व गर्ने महासमिति सदस्य धर्म परियारले पनि महामन्त्री थापाको प्रतिवेदन ठिक भएको बताए ।

“गठबन्धनले पार्टीको आन्तरिक गठबन्धन बिग्रेको छ । निर्वाचनअघि गठबन्धन आवश्यक छैन । पहिले पार्टीको सिट काटेर घटाएर गठबन्धन गर्नुहुँदैन,” उनले भने ।

तेह्रथुमबाट प्रतिनिधित्व गर्ने महासमिति सदस्य सन्तोष सुब्बाले कांग्रेस आफ्नो जगमा उभिने पार्टी बन्नुपर्ने बताए ।

“अब आउने निर्वाचनपछि कांग्रेस आफ्नो जगमा उभिनुपर्छ । एक्लै सामना गर्नुपर्छ । अहिलेको सत्ता साझेदारीको विषयमा लिएर यसमा प्रश्न गर्नुपर्ने छैन । गठबन्धन गर्नुहुँदैन प्रस्ट धारणा मेरो छ,” उनले भने ।

सुनसरीकी गोमा पराजुलीले भने उमेर पुगेका नेताहरू चुनाव जित्नै लागि भए गठबन्धन गर्न सक्ने तर युवा पुस्तालाई गठबन्धनमा आपत्ति रहेको बताइन् ।

डोटीका महासमिति सदस्य जितबहादुर खड्काले देश बिग्रेको जिम्मा कांग्रेसका शीर्ष नेताले लिनुपर्ने बताए ।

“नेपाली कांग्रेसले सत्ता प्राप्ति गर्न अपराधीकरण गर्नुहुँदैन । खुडाले काट्ने मान्छे, अपराधी छोड्न गणतन्त्र ल्याएको हो ?,” उनले भने ।

बाजुराका महासमिति सदस्य जनकराज गिरीले महासमिति बैठक कर्मकाण्डी मात्रै बनाउने कि आन्तरिक द्वन्द्व व्यवस्थापन गरेर नयाँ सन्देश दिने भन्दै प्रश्न उठाए । 

आरक्षणका नाममा एउटैलाई पटकपटक अवसर किन ?

बैठकमा सदस्यहरूले कांग्रेसले समानुपातिक र आरक्षणको व्यवस्थाको धज्जी उडाएको बताए । महासमिति सदस्यहरूले आरक्षणका नाममा एउटै व्यक्तिलाई पटकपटक अवसर दिएको भन्दै प्रश्न गरे ।

इलामका टीकाराम लाप्चाले आरक्षण र समानुपातिक व्यवस्था सबैलाई एकपटक मात्र दिनुपर्ने उल्लेख गरे । 

संखुवासभाकी बिना पौडेलले पनि समावेशीको नाममा कोटा छुट्याउने तर  पिछडीएको वर्गको कोटामा एउटै अनुहार देखिने गरेको भन्दै प्रश्न गरिन् ।

“दोहोर्‍याई तेहेर्‍याई एक जनालाई मात्र सांसद र मन्त्री बनाएका छौँ । यो परम्परा नत्यागी अरूलाई कसरी माथि ल्याउन सक्छौँ । एकपटक आइसक्नुभएकाहरूलाई अर्को पटकदेखि प्रत्यक्ष खुला चुनाव लड्ने गरी महासमितिले निर्णय गरोस् र गाउँमा दलित महिलाहरूलाई अघि ल्याओस् भन्ने प्रस्ताव राख्दछु,” उनले भनिन् ।

बझाङका मन्जित ताम्राकारले दलितको नाममा सांसद र केन्द्रीय सदस्य हुने तर एजेन्डा नबोक्ने गरेको बताए । उनले पनि एक जनालाई एकपटकका लागि आरक्षणको व्यवस्था गर्न माग गरे ।

ओखलढुंगाकी बाला अधिकारीले जिल्ला तहबाटै उपसभापति र महामन्त्री (जिल्लामा सचिव एक महिला) अनिवार्य गर्न माग राखिन् ।

युवा किन कांग्रेसमा लाग्ने ?

बैठकमा बोल्दै कन्चनपुरका २७ वर्षीय महासमिति सदस्य मदनराज उपाध्यायले 'युवा किन कांग्रेसमा लाग्ने ?' भन्दै प्रश्न गरे ।

उनको चासो पार्टीले युवालाई स्पेस दिन नचाहेको र 'फुच्चे' भनेर हेपेको भन्नेमा थियो । भोट युवाको चाहिने तर नेतृत्व चाहिँ नदिने भन्दै उनले कोही युवा किन पार्टीमा लाग्छन् भनेर प्रश्न गरे । बुवा कांग्रेसमा हुँदैमा अब छोरा कांग्रेस नहुने भनाइ उनको थियो ।

“बुवा कांग्रेस भएकाले म कांग्रेस हुने ? युवा कांग्रेस किन हुने ? कांग्रेस हुने आधार के हो ? यो उत्तर चाहिन्छ,” उनले भने ।

वडादेखि केन्द्रसम्म ५० प्रतिशत युवालाई नेतृत्वमा नल्याए पार्टी युवाहरूको आकर्षण हुन नसक्ने उनको भनाइ छ ।

महासमिति सदस्य सुवास पोखरेलले नेताहरूकै कारण लोकतन्त्र कमोजर बनेको बताए । उनले पार्टी थेग्न नसक्ने भए आफूहरूलाई नेतृत्व दिन आग्रह गरे ।

"लोकतन्त्रलाई कसैले घायल बनाएको छ भने त्यो मञ्चमा बस्ने नेताले बनाएका हुन् । तपाईंहरूले पार्टी थेग्न नसकेको हो भने भन्नुस् हामी चलाउँछौँ," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  २०:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय