site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
'लिजा'मा पोखरा महानगरको सुधार, पायो ८५.५ अंक

पोखरा । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा पोखरा महानगरपालिकाको अंकमा सुधार आएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को स्वमूल्यांकनमा पोखरा महानगरपालिकाले ८५.५ अंक पाएको छ ।

जुन आर्थिक वर्ष २०७८/०७९ भन्दा १६ अंकले बढी हो । त्यतिबेला पोखराले ६९.७५ अंक मात्र पाएको थियो ।

स्थानीय तहले कसरी काम गरिरहेका छन् भनेर त्यसको मूल्यांकन स्वयंबाट गराउने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि, २०७७’ जारी गरेको थियो । कार्यविधिले स्वमूल्यांकनका विभिन्न १० वटा विषयक्षेत्र र तीन सूचक निर्धारण गरेको छ । ती विषयक्षेत्र र सूचकहरूमा स्थानीय तह स्वयंले आफ्नो स्थिति मूल्यांकन गर्छन् ।

स्वमूल्यांकनका लागि कार्यविधिले विभिन्न १० वटा विषयक्षेत्र निर्धारण गरेको छ । त्यसमा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपत व्यवस्थापन र सहकार्य तथा समन्वय छ्न् ।

यी छुट्टाछुट्टै विषय क्षेत्रहरूको अलगअलग पूर्णांक तोकिएको छ ।

यी प्रत्येक विषय क्षेत्रलाई तीनवटा सूचकमार्फत मूल्यांकन गरिन्छ । ती सूचकहरू समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थिति छन् । समग्र स्थितिमा स्थानीय तहको समग्र अवस्था दर्शाउने सूचक, प्रक्रियागतमा स्थानीय तहको दैनिक प्रशासन र सेवा प्रवाह तथा स्थानीय सरोकारका विषय सम्बोधन हुने खालका प्रक्रियाउन्मुख सूचक र परिमाणात्मकमा तुलना गर्न, मापन गर्न र संख्यात्मक रूपमा उल्लेख गर्न सकिने प्रकृतिका नतिजामूलक सूचकहरू पर्छन् । यी सूचकहरूलाई क्रमशः २१, ३४ र ४५ प्रतिशत अंकभार दिइएको छ । 

मन्त्रालयले सार्वजनिक गरेको स्वमूल्यांकनमा महानगरले समग्र स्थिति सूचकमा ८३.३, प्रक्रियागतमा ८३.८३ र परिमाणात्मक स्थिति सूचकमा ८७.७८ अंक पाएको हो ।

पोखराका मेयर धनराज आचार्यले स्वमूल्यांकनमा ८५.५ अंक प्राप्त गरेको जानकारी गराउँदै धन्यवाद व्यक्त गरेका छन् ।

“आ.व. २०७९/०८० मा स्थानीय तह कार्यसम्पादन (क्षमता) मूल्यांकन (लिजा)मा पोखरा महानगरपालिकाले ८५.५ अंक प्राप्त गरेको छ । सम्पूर्ण महानगर परिवारलाई हार्दिक धन्यवाद र बधाई ज्ञापन गर्दछु,” उनले लेखेका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  २१:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro