site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेमा विचलनका कुरा बाहिर बढी, आयोगमा उजुरीसमेत आउँदैन !
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिनदेखि काठमाडौंमा जारी छ । विगतका भन्दा यसपल्टको बैठकको रौनक एमालेमा फरक देखिएको छ । एमालेमा ‘शुद्धीकरण’को एजेन्डाले प्रवेश पाएको छ ।

प्रचलित कानुन प्रतिकूल नेताहरूका क्रियाकलाप, अनुचित र अपारदर्शी आर्थिक क्रियाकलाप, यौन आचरणमा कानुनी र नैतिक बन्धन तोड्न खोज्ने विकृति पार्टीमा हुर्किंदै गएको पाइएपछि एमालेले यो विषयलाई छलफलकै एजेन्डा बनाएको छ ।

त्यस विषयले एमालेमा चर्काचर्की बहस जारी छ । मंगलबारबाट जारी बैठकमा आगामी वर्ष ०८१ लाई पार्टी शुद्धीकरण र सुदृढीकरणको वर्ष बनाइने शीर्ष नेताहरूको प्रस्तावमा उल्लेख गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पार्टी उपाध्यक्ष विष्णु पौडेलले राखेको प्रस्तावमा आर्थिक र यौन आचरणमा कानुनी र नैतिक बन्धन तोड्न खोज्ने प्रवृत्तिले जनताबाट अलग गर्ने खतरा पैदा भएकाले उल्लेख छ ।

“प्रचलित कानुन प्रतिकूल, नैतिक दृष्टिले अनुचित र अपारदर्शी आर्थिक क्रियाकलाप देखा पर्न थालेका छन् । आर्थिक आचरण र यौन आचरणमा कानुनी र नैतिक बन्धन तोड्न खोज्ने विकृति हुर्किंदै छन् । यस्तो प्रवृत्तिले नेता, कार्यकर्ता र समग्र पार्टीलाई जनताबाट अलग गर्ने खतरा पैदा भएको,” दस्तावेजमा भनिएको छ ।

Global Ime bank

आर्थिक र यौनसम्बन्धीका अडियोसमेत सामाजिक सञ्जालमा छरपस्ट हुन थालेपछि एमालेमा त्यो बहसको विषय बनेको हो । केही दिनअघिको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटीबाट सदस्यहरू ऐन महर र सिराज अहमद फारुकीलाई कारबाही गरेको थियो । त्यहीबाट शुद्धीकरण सुरु भएको नेताहरू बताउँछन् । 

“सचिवालयको बैठकले उनीहरूलाई कारबाही गरेपछि नै शुद्धीकरण सुरु भइसकेको छ,” एक सचिवालय सदस्य भन्छन् ।

समूहगत छलफलमा कतिपय नेताहरूमाथि पूर्वाग्रही ढंगले आरोप लाग्ने गरेको भन्दै सत्यतथ्य छानबिन गर्नुपर्ने विषय उठेको छ ।

“चारित्रिक हिसाबले कुरा उठेका छन् । माथिदेखि तलसम्म नै यस्ता समस्या छन् । त्यस्ता प्रवृत्ति सच्याउने, कारबाही गर्नुपर्छ । कुनै पूर्वाग्रह हिसाबले उठिरहेका छन् । त्यसबारे सत्यतथ्य हेरर कारबाहीको दायरमा ल्याउनुपर्छ भन्ने विषय उठेको छ,” कोसी प्रदेशको समूहगत छलफलमा उठेको विषयबारे एक नेताले जानकारी दिए ।

त्यस्तै, वाग्मती प्रदेशको समूहमा पनि आर्थिक अपचलन र यौनका विषयबाट पार्टीलाई मुक्त राख्नुपर्ने विषय उठेको एक नेताले जानकारी दिए ।

“व्यक्तिहरूका बारेमा कुरा उठ्ने गरेको छ । यो कम्युनिस्ट आचरण होइन । आर्थिक सवाल र यौनलगायतका विकृतिबाट पार्टी र नेतालाई अलग गर्नुपर्छ । कारबाही गरिनुपर्छ भन्ने कुरा उठेको छ,” उनले भने ।

अन्य प्रदेशका छलफलमा पनि सोही कुरा उठेका छन् । यसपटक एमालेको केन्द्रीय कमिटी बैठकमा पहिलेको तुलनामा गम्भीर विषयले प्रवेश पाएको छ । अहिले आफ्ना कुराहरू स्पष्टरूपमा राख्न सकिएको नेताहरू बताउँछन् ।

एमालेले केन्द्रीय सदस्यहरूलाई ९ समूहमा विभाजन गरी छलफल गरेको हो । पार्टीको आन्तरिक जीवनमा प्रभाव पार्ने गहन विषयमा बहस भइरहेको नेताहरू बताउँछन् । 

“जीवन्त छलफल भएको छ । ९ वटा समूहमा विभाजन गरेर छलफल गर्नु भनेको एकैठाउँमा राखेर ९ दिन नै छलफल गरेको जस्तो हो नि !,” महासचिव शंकर पोखरले भन्छन् ।

समूगत छलफलको निष्कर्ष भोलि प्रस्तुत हुने छ । एमालेले पार्टी सुदृढीकरणका लागि पार्टी कमिटीको आकार घटाउनुपर्ने, कार्यशैली, विचार, दृष्टिकोणलगायतका विषयमा समस्या पत्ता लगाएर निराकरण खोज्ने गरी अभियान सञ्चालन तयारी गरेको छ । 

पार्टीलाई पार्टीजस्तो बनाउनुपर्ने, काम गर्नेको मूल्यांकन हुनुपर्नेलगायतका सुझाव समूहगत छलफलमा उठेका छन् । 

एमालेमा अनुशासन उल्लघंनका मौखिकरूपमा भन्ने र लिखित उजुरी नआउने गरेको पाइएको छ । उजुरी धेरै परेकाले शुद्धीकरण अभियान चलाउन लागेको हो भन्ने प्रश्नमा अनुशासन आयोगका अध्यक्ष केशव बडालले लिखित उजुरी नै नआएको बताए ।

“विधानअनुसार आयोगमा लिखित उजुरी आएपछि प्रक्रिया चाल्ने हो । सबै प्रदेशबाट मौखिक गुनासो आउँछ, लिखित आउँदैन । लिखित नआउनु नै समस्या हो,” उनले बाह्रखरीसँग भने ।

पार्टीको विधानअनुसार सम्बन्धित कमिटीलाई यस्तो उजुरी आएपछि हल गर्नका लागि पठाउने, चित्त नबुझे अनुशासन आयोगमा पुनरावेदन आउने भन्ने व्यवस्था छ ।

“समस्याको मुखले कुरा गर्ने । लिखित नआउने भएर समस्या भएको छ । मौखिकरूपमा हामीले प्रक्रिया चलाउन मिल्दैन,” उनी भन्छन्, “ कुनै पनि मानिसले पार्टी सदस्यता प्राप्त गरेपछि पार्टीको अनुशासन र राष्ट्रको संविधानविपरीत जान पाइँदैन । विपरीत कोही गएको छ भने दण्डनीय हुन्छ । कसैलाई छुट हुँदैन ।” 

गल्ती गर्ने सजाय भोग्न तयार हुनुपर्ने उनी बताउँछन् । “कसैले गल्ती बेहोरेको छ भने ऊ दण्ड भोग्न तयार हुनुपर्छ । अनुशासनभित्र रहन चाहन्छ भने गल्ती गरेँ भनेर आफैँ सरेन्डर गर्नुपर्छ । निदोर्ष हो भने सफाइ दिन आउनुपर्छ,” उनी भन्छन्, “आरोप गर्नेले तथ्यसहित गर्नुपर्छ । आफ्नो नाम र हस्ताक्षर लेखेर गर्नुपर्छ । मुखले भन्ने लेखेर नदिने अवस्था छ,” उनी भन्छन् । 

पीडितले उजुरी नै गर्दैन भने अनुशासनको कारबाही गर्न नसकिने उनी बताउँछन् । एमालेले ०५१ मा पार्टी शुद्धीकरण र सुदृढीकरण अभियान चलाएको थियो । अहिले त्यो भन्दा अवस्था फरक रहेको बताउँछन्, स्थायी कमिटी सदस्य भीम आचार्य । 

“त्यतिबेला र अहिलेको अवस्था फरक छ । अहिले यस्तो प्रवृत्ति थिएन । व्यक्ति आचरणमा थिए । चारित्रिक समस्या त्यस्तो धेरै थिएन,” उनी भन्छन् ।

समूहगत छलफलमा व्यक्तिको नामले भने प्रवेश पाएको छैन ।

यस्ता छन् अरू सुझाव

केन्द्रीय कमिटी बैठकमा संसद्‌मा प्रभावकारी भूमिका निर्वाह हुन नसकेको भन्दै आलोचना पनि भएको छ । केन्द्र र प्रदेशमा संसदीय भूमिका प्रभावकारी बनाउनुपर्ने सुझाव आएको छ ।

नेताहरूका अनुसार कम्युनिस्ट एकता, पार्टी र सरकारबीचको सम्बन्ध सुदृढ गर्नुपर्ने, वाम मोर्चा बनाउनुपर्नेलगायतका सुझाव समूगत छलफलमा उठेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  २१:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC