site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आफू बोल्ने अरूको कुरै नसुनी टाप हान्दै महासमिति सदस्य

गोदावरी । ललितपुरको गोदावरीमा नेपाली कांग्रेसको महासमिति बैठक सोमबारदेखि जारी छ । महासमिति सदस्यहरूलाई विभाजन गरेर चारवटा हलमा बैठकमा आएका प्रतिवेदनबारे छलफल गराइँदै छ ।

तर, अधिकांश महासमिति सदस्यलाई छलफलको चिन्ता देखिँदैन ।  तीन मिनेटमा आफ्ना कुरा राखेर हतारहतार बाहिर निस्कने, अरूको कुरा नसुनेरै हलबाहिर गफ लगाएर बस्ने प्रवृत्ति महासमिति सदस्यहरूमा  देखिएको छ ।

Dabur Nepal
NIC Asia

जसका कारण चारवटै हलहरू खाली हुन थालेका छन् । "जति बोले पनि हुँदैन । बोलेको लाग्दैन, कति बोल्ने ?," कञ्चनपुरका एक महासमिति सदस्यले भने ।

छलफल चलिरहँदा सुदूरपश्चिम प्रदेशको समूहका अर्का सदस्यले भने, "वीरबहादुर दाइ मलाई अलि परतिर जानुछ । म बोलेर हिँडिहालौँ भनेको, मलाई बोल्न दिनु न । एक महासमिति सदस्यले हड्बढाउँदै भनिन् ।"

कतिपय सदस्यले भने आफूहरूले बोल्न नपाएको, समय कम भएको र समयमा नाम टिपाउँदा पनि बोल्न नदिएको भन्दै आक्रोश पोख्ने गरेका छन् । यसै विषयलाई लिएर बुधबार अपराह्नतिर कोसी र सुदूरपश्चिम प्रदेशको छलफलमा विवाद भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro