site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय स्वाधीनता दुर्घटनामा पर्ने खतरा छ : प्रधानमन्त्री
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राष्ट्रिय स्वाधीनता अझ बढी खुम्चने वा दुर्घटनामा पर्ने खतरा कायम रहेको बताएका छन् । सोमबार समाजवादी शैक्षिक मञ्च, नेपालको उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् ।

देश समाजवादी गणतन्त्रतिर अघि बढ्ने हो कि फेरि त्यही निरंकुशतातिर, दुर्घटनामा पर्ने खतरा भएको गणतन्त्रतिर जाने हो भन्ने लडाइँ कायम रहेको उनले उल्लेख गरे । उनले ठूलो र पेचिलो बहस र संघर्षपछि संविधानमा अबको राज्य समाजवादउन्मुख हुन्छ भन्नेसम्म लेख्न सफल भएको सुनाए ।

“...एकथरी मानिसहरूले त्यसलाई समाजवादउन्मुख भन्न चाहेका थिएनन् । हामीले शिक्षाा, स्वास्थ्य, रोजगारीजस्ता विषयहरू जनताको मौलिक अधिकार हुनेछन् भनेर संविधानमा मौलिक अधिकारको प्रावधानमा त्यसलाई राखिएको पनि छ । त्यो आफैँमा महत्त्वपूर्ण कुरा पनि हो,” उनले भने ।

उनले थपे, “अहिले हामीले सुशासन, सामाजिक न्याय र समृद्धिको हुँदै समाजवादतिरको यात्रा गर्ने कुरा गरेका छौँ । एउटा पक्ष समाजवादको वातावरण बनाउन लडिरहेको छ भने अर्को यो परिवर्तन उचित छैन, संघीयता, गणतन्त्र ठिक छैन, समावेशी, समानुपातिकता ठिक छैन, शिक्षा सुधार ठिक छैन, पुरानै ठाउँमा फर्किनुपर्छ भनेर अर्को शक्ति त्यता लागिरहेको छ ।” न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro