देश
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आइतबार प्राध्यापक चित्रबहादुर बुढाथोकी, प्राध्यापक केशरजंग बराल र प्राध्यापक टंकनाथ धमलाको नाम सिफारिस गरेको हो ।
समितिले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८ को उपदफा (२) बमोजिम विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'समक्ष बराल, धमला र बुढाथोकीको नाम सिफारिस गरिएको जनाएको छ ।
अब प्रधानमन्त्रीले उनीहरूमध्येबाट एक जनालाई विश्वविद्यालयको उपकुलपति नियुक्त गर्नेछन् ।
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८० २२:१७
प्रतिक्रिया दिनुहोस्