site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बाँदरले पुर्‍याएको क्षतिको राहत दिने व्यवस्था मिलाइएको छ : प्रधानमन्त्री 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तराई क्षेत्रमा नीलगाई र पहाडी क्षेत्रमा बाँदरले पुर्‍याएको क्षतिको राहत दिने व्यवस्था मिलाइएको जानकारी दिएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद किशोरसिंह राठौरको प्रश्नको जवाफमा उनले वन्यजन्तुले पुर्‍याएको क्षतिलाई बिमासँग आवद्ध गरी वन तथा वातावरण मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच समन्वय गरी विशेष कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी गराए । 

“राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र आसपासका बासिन्दाहरूलाई राहत रकम सहज तवरले उपलब्ध गराउन कार्यविधि संशोधन गरिसकिएको छ । कार्यविधिअनुसार प्रदेश सरकार र स्थानीय तह समेतको सहभागितामा राहत विवरण गर्ने व्यवस्था गरिएको छ । तराई क्षेत्रमा नीलगाई र पहाडी क्षेत्रमा बाँदरले पुर्‍याएको क्षतिको राहत दिने व्यवस्था मिलाइएको छ,” प्रधानमन्त्रीले भने, “आउँदा दिनमा वन्यजन्तुले पुर्‍याएको क्षतिलाई बिमासँग आवद्ध गरी वन तथा वातावरण मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच समन्वय गरी विशेष कार्यक्रम सञ्चालन गरिँदैछ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !