काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मोरङको विराटनगरस्थित बुढीगंगा गाउँपालिका–१, पुष्पलाल चोकमा अवस्थित महिला जागृति तथा वृद्धाश्रमलाई सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको हो ।
ज्येष्ठ नागरिकहरूलाई आश्रय दिइरहेको उक्त संस्थालाई बैंकको तर्फबाट ६ महिनालाई पुग्ने दैनिक उपभोग्य खाद्यान्न सामाग्रीलगायत उपलब्ध गराएको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट वृद्धाश्रम सञ्चालन भइरहेको छ ।
वृद्धाश्रममा आयोजित एक समारोहकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप सामग्री हस्तान्तरण गरेको हो ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले एक वृद्धा महिलाले सञ्चालन गरेर समाजमा अनुकरणीय काम गर्दै आएको संस्थालाई सहयोग प्रदान गर्न पाँउदा आफूलाई खुसी महसुस भएको बताए ।