site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बार्सिलोनाको जितमा लेवान्डोवस्की निर्णायक
Sarbottam CementSarbottam Cement

काठमाडौं । रोबर्ट लेवान्डोवस्कीको दुई गोलप्रेरित बार्सिलोनाले स्पेनिस ला लिगामा सेल्टा भिगोविरुद्ध २–१ को साँघुरो जित निकालेको छ ।

शनिबार राति सेल्टा भिगोको मैदान अबान्का बालाइडोसमा पहिलो हाफको अन्तिम मिनेटमा लेवान्डोवस्कीले गोल गर्दै साविक विजेता बार्सिलोनालाई अग्रतामा राखेका थिए । तर, दोस्रो हाफको सुरुआतमै लागो आस्मासले गोल गर्दै २३ हजार ९६ दर्शकसामु घरेलु टिमलाई खेलमा फर्काएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

इन्जुरी समयमा प्राप्त पेनाल्टीलाई लेवान्डोवस्कीले नै सदुपयोग गरेपछि बार्सिलोनाले २–१ को साँघुरो जित निकालेको हो । क्याटालन क्लबका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले सिजनको अन्त्यपछि क्लब छोड्ने घोषणा गरेयता बार्सिलोनाले कुनै पनि खेलमा हार बेहोरेको छैन ।

जाभीले केही साताअघि जारी सिजन समाप्त भएपछि बार्सिलोनाको जिम्मेवारी छोड्ने घोषणा गरेका थिए । त्यसयता बार्सिलोनाले चार खेल खेलेको छ ।

Global Ime bank

जितसँगै २५ खेलबाट ५४ अंक जोडेको बार्सिलोना तालिकाको तेस्रो स्थानमा छ । जुन शीर्ष स्थानको रियाल मड्रिडभन्दा सात अंक कम हो । एक खेल कम खेलेको रियाल ६१ अंकसहित शीर्ष स्थानमा आसिन छ ।

२५ खेलबाट २० अंक जोडेको सेल्टा भिगो भने तालिकाको १७औँ स्थानमा छ । सेल्टा भिगो रेलिगेसन क्षेत्रको कार्डिजभन्दा तीन अंकले मात्र अघि छ । बार्सिलोनाले अब बुधबार च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेशका लागि इटालियन प्रतिद्वन्दी नापोलीविरुद्ध खेल्नेछ ।

ला लिगामा शनिबार नै भएको अर्को खेलमा एट्लेटिको मड्रिडले लास पाल्मासविरुद्ध ५–० को सहज जित निकालेको छ । एट्लेटिकोको जितमा मार्कोस लोरेन्टे र एन्जल कोरियाले समान दुई गोल गर्दा अर्को एक गोल मेम्फिस डिपेले गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  ०९:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !