साहित्य
काठमाडौं । शान्ता भट्ट देवकोटाको कवितासंग्रह ‘उन्मुक्त मन’ एक समारोहबीच सार्वजनिक भएको छ । प्रमुख अतिथि प्राज्ञ डा. मधुसुदन गिरी र प्राज्ञ कौशिला रिसालले उक्त कविताकृति सार्वजनिक गरेका हुन् ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा डा. गिरीले कवितामाथि चर्चा गर्दै विम्ब र प्रतीकले कविताको ओज बढाएको उल्लेख गरे ।
पुस्तकमाथि समीक्षा गर्दै राजिन पनेरुले कृतिमा कविको स्वच्छन्द मनको उडान रहेको तर्क गरे भने अर्का समीक्षक अनुपमा रेग्मीले कविले आगामी दिनमा अझ परिष्कृत पुस्तक ल्याउने बताइन् । पुस्तक प्राज्ञिक बुक्सले बजारमा ल्याएको हो ।
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८० १३:०२
प्रतिक्रिया दिनुहोस्