site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विवादित विषय पदाधिकारीले टुंगो लगाउँदै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन आज पनि जारी रहनेछ । मंगलबारबाट सुरु भएको सम्मेलन आज सकिँदै छ ।

बैठकमा बुधबार १३ वटा समूहको निष्कर्ष प्रस्तुत गरिएको छ । बाँकी सात समूहको निष्कर्ष आज प्रस्तुत हुनेछ । विधानको मस्यौदामा छलफलका लागि २० समूह बनाइएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

एक समूहका नेतालाई निष्कर्ष सुनाउन १० मिनेटको समय तोकिएको छ ।

माओवादीले विधानमा विवादित विषयमा आज नै टुंगो लगाउने तयारी गरेको छ । विवादित विषयमा टुंगोमा पुग्न आज बिहान पदाधिकारी बैठक बस्दै छ ।

Global Ime bank

माओवादीमा पार्टीको नाम, चुनाव चिह्न फेर्नेदेखि प्रत्यक्ष निर्वाचित गर्नेसम्मका सुझाव

आजै केन्द्रीय समिति बैठक बस्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ । 

सम्मेलनमा पार्टीको नाम, चुनाव चिह्न फेर्नेदेखि प्रत्यक्ष निर्वाचन प्रणालीसम्मका विषयमा बहस भइरहेको छ । विधान मस्यौदा प्रस्तावमाथिको छलफलका क्रममा नेताहरूले कमिटी प्रणाली सानो बनाउनुपर्ने, आयोगलाई सानो र अधिकारसम्पन्न बनाउनुपर्ने सुझाव दिएका छन् ।
    
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ०६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय