site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डा. ओम मूर्तिको ‘धूम्रपान गर्ने स्वार्थी हुँदैनन्’ अभियानमा १६ सयको प्रतिबद्धता 
Tiktok banner adTiktok banner ad

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलद्वारा गरिएको ‘धूम्रपान गर्ने स्वार्थी हुँदैनन्’ अभियानमा एक हजार ६०० व्यक्तिले धूम्रपान त्याग्ने प्रतिबद्धता जनाएका छन् । 

भ्यालेन्टाइन डे र सरस्वती पूजाको अवसर पारेर फेब्रुअरी १ देखि सुरु भएको अभियानमा सो संख्यामा प्रतिबद्धता आएको हो । डा. ओम मूर्ति फाउन्डेसनले मेरो एउटा सानो त्याग मायालुका लागि ठूलो उपहार भन्ने नारासहित धूम्रपानविरुद्धको १४ दिने अभियान चलाएको थियो । 

फाउन्डेसनको वेबसाइटमा राखिएको गुगल फर्ममा ७० प्रतिशत नेपालमा बस्ने र ३० प्रतिशत विदेशमा बस्ने नेपालीले प्रतिबद्धता जनाएका हुन् । 

धूम्रपानबाट व्यक्तिको शरीरमा पर्ने असरका बारेमा प्रभावकारी जानकारी पुर्‍याउन रचनात्मक ढंगले सचेतना अभियान चलाइएको डा. मूर्तिको भनाइ छ ।  त्यतिमात्र नभइ निष्क्रिय धूम्रपानले परिवारमा परिरहेको असरबारे सचेत गराउन समेत अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने डा. अनिलको विश्वास छ । 

धूम्रपान गर्ने ५० प्रतिशतले पटक पटकको प्रयासमा समेत त्याग्न नसकिरहेको अध्ययनले देखाएका छन् । विशेष अवसर पारेर गरिरहेको प्रतिबद्धता अधिकतम् कार्यान्वयन हुने देखिएकाले पनि यस्ता अभियानले धूम्रपान त्याग्न प्रेरणा मिल्ने उनी बताउँछन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro