site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
हेपिएको महसुस गर्दै माओवादीले मनायो ‘जनयुद्ध दिवस’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)मा २९औँ ‘जनयुद्ध’ दिवस मनाउँदै गर्दा हेपिएको महसुस गरेको देखियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले परिवर्तनको संवाहक बनेको ‘जनयुद्ध’ दिवसलाई चौतर्फीरूपमा होच्याउने प्रयास भएको भन्दै प्रतिवादको आह्वान गरे ।

“...महान उपलब्धिलाई अपमानित गर्ने छुट कसैलाई पनि छैन । तर, त्यो दुस्साहस भएको हामीले देखिराखेका छौँ । त्यसकारण हामीले एउटा नयाँ संकल्प लिनुछ । त्यो दुस्साहस गर्नेकाविरुद्ध प्रतिवाद गर्नुछ । उनीहरूलाई त्यो छुट छैन । सचेतरूपले सामाजिक रूपान्तरण र क्रान्तिका निम्ति बलिदान गर्ने योद्धाहरूलाई अपमान गर्ने तिनीहरूलाई कुनै अधिकार छैन,” प्रचण्डले भने ।

Pachan-1707832512.jpg
 

Prabhu Bank
Agni Group
NIC Asia

प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री भएपछि ०७९ देखि फागुन १ मा ‘जनयुद्ध’ दिवसको सार्वजनिक बिदा सुरु भएको थियो ।

माओवादी नेतृत्वको सरकार हुँदा क्यालेन्डरमै ‘जनयुद्ध’ दिवस राख्दै सार्वजनिक बिदा दिने निर्णय लिएको थियो । तर, सर्वोच्च अदालतबाट बदर भएपछि माओवादी रक्षात्मक देखिएको थियो । केही दिनअघि मात्रै आएको फैसलाको पूर्णपाठले ‘जनयुद्ध’ दिवसलाई असंवैधानिक करार गर्‍यो ।

Global Ime bank

२०५२ फागुन १ गतेबाट ‘जनयुद्ध’ सुरु भएको थियो । २०६३ मंसिरमा विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । ०६४ चैतमा भएको संविधानसभा निर्वाचनमा माओवादी शक्तिशाली पार्टी थियो । तर, माओवादीले संवैधानिक समितिमा ‘जनयुद्ध’ शब्द संविधानमा राख्न गरेको प्रस्ताव अस्वीकृत भएको थियो ।

Prachanda-1-1707832513.jpg
 

प्रचण्ड तेस्रोपटक एमालेकै अग्रसरतमा प्रधानमन्त्री बनेका थिए । एमाले सरकारमै रहेका बेला ०७९ माघ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘जनयुद्ध’ दिवस बिदा दिने निर्णय गरेको थियो । सरकारमा रहँदा एमालेले खुलेर प्रतिवाद नगरे पनि बाहिरिएपछि ‘जनयुद्ध’ दिवस मनाउने निर्णय सच्याउन माग गर्दै आएको थियो ।

एमालेले ‘जनयुद्ध’ दिवसकै अवसर पारेर पार्टीको विधान सम्मेलन पनि सुरुवात गरेको छ । विधान सम्मेलनको उद्घाटन गर्नुअघि २९औँ जनयुद्ध दिवसका अवसरमा कमलादीस्थित प्रज्ञा भवनमा कार्यक्रम गर्‍यो ।

कार्यक्रममा जनयुद्धका सहिदहरूप्रति माल्यार्पण गरियो । अध्यक्ष प्रचण्डले २९ वटा मैनबत्ती बालेर ‘जनयुद्ध’ दिवसको कार्यक्रम उद्घाटन गरेका थिए । महासचिव देव गुरुङका अनुसार, २९औँ वर्ष भएकाले २९ वटा मैन बालिएको हो । 

Prachanda-aaa-1707832511.jpg
कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अदालतको फैसलाप्रति प्रश्न उठाए । ‘जनयुद्ध’ दिवस खारेज गर्नु अदालतको कार्यक्षेत्र हो कि होइन भन्ने बहसको विषय भएको भनाइ राखे । 

“यसवर्ष पनि जनयुद्ध दिवसमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । राजपत्रमा पनि प्रकाशित भएको थियो । तर, सन्दर्भ यस्तो आयो कि अदालतले जनयुद्ध दिवसमा बिदा दिनु उपयुक्त नहुने भन्दै यसलाई खारेज गर्‍यो । अदालतको कार्यक्षेत्रको विषय हो कि होइन, अर्कै बहस हो,” श्रेष्ठले कार्यक्रममा भने । 

शन्तिपूर्ण प्रक्रियामार्फत अगाडि बढेकाले अदालतको सम्मान गरिएको बताए । उनले सरकारले अर्को निर्णय गरेर औपचारिकरूपमा नै बिदा मनाउने दिन आउन सक्ने धारणा राखे ।

“सरकारले औपचारिकरूपमा बिदा दिवस दियोस् या नदियोस्, आजको दिन ऐतिहासिक जनयुद्ध दिवस हो । क्रान्तिकारीहरूले यसलाई मनाउँछन्,” श्रेष्ठले भने, “फेरि शान्ति प्रक्रिया पार गरिसकेपछि अदालतले जो संकेत गरेको छ । त्यसपछि सरकारले अर्को निर्णय गरेर सरकारी तर्फबाट नै औपचारिक मनाउने आउन सक्छ, त्यसको आशा गरौँ ।”

Maobadiaa-1707832510.jpg
 

सर्वोच्च अदालतले जनयुद्ध दिवसलाई असंवैधानिक घोषणा गरेको र राजनीतिक प्रतिस्पर्धीले होच्याएकाप्रति अध्यक्ष प्रचण्डले असन्तुष्टि जनाए । त्यही कारण माओवादीहरू पुनः संकल्पित हुनुपर्ने उनको भनाइ छ ।

“२९औँ जनयुद्ध दिवस मनाउँदै गर्दा नयाँ संकल्प गर्नुपर्ने छ । जनयुद्ध नेपालको इतिहासको महान दूरगामी पहल थियो, छ र रहिरहने छ,” अध्यक्ष प्रचण्डले भने, “त्यतिबेला पनि तिथि–मिति तोक्ने, टिक्न सक्दैन भन्ने नेताहरू हुनुहुन्थ्यो । पत्याउन सकेका थिएनन् । अध्ययन गरेर नै तयारी गरिएको थियो ।”

प्रचण्डले माओवादी हेपाइमा परेको निष्कर्ष सुनाए । तत्कालीन सात राजनीतिक दललाई राजाहरूको चंगुलबाट फुत्काएको सुनाउँदै उनले आफूहरूले कमजोरी गरेका कारण माओवादीको एजेन्डालाई अपमानित गर्ने कोसिस भएको सुनाए ।

Prachanda-12-1707832511.jpg
 

“माओवादी एउटा शक्ति थियो, देश, विश्वमा सम्बन्धमा थियो । त्यतिबेला सात राजनीतिक दलहरूलाई सामन्ती निरंकुश राजाहरूको चङ्गुलबाट फुत्काउन सक्ने र उनीहरूलाई राजनीतिको रंगमञ्चमा फेरि एकचोटि लिएर आउन तागत माओवादीसँग मात्रै थियो,” प्रचण्डले भने, “तर, अहिले हामीले कहाँ–कहाँ कमजोरी गर्‍यौँ, बढी हेपाइ माओवादीलाई, माओवादी नेतृत्वको आन्दोलनलाई र एजेन्डालाई, माओवादीले गरेको त्याग बलिदान र ऐतिहासिक र दूरगामी कृतिहरूलाई अपमानित गर्ने कोसिस तीनै शक्तिहरूले गरिरहेका छन् । प्रतिक्रियावादी, सामन्ती र निरंकुशतावादीहरूले नै गरेका छन् ।”

पार्टीले उठाएका एजेन्डालाई अपमानित गरिएको बताउँदै प्रचण्डले पूर्वमाओवादीहरूलाई एक हुन आह्वान गरे । प्रचण्डले राजनीतिक परिवर्तनप्रति नै घाटा हुने भएकाले छिटै एक हुन अपिल गरे । 

“आउनुुस् । समीक्षा गरौँ, कहाँ कमजोरी भए । खुला मनले, कम्युनिस्ट मनले आत्मालोचना गरौँ,” उनले भने, “जहाँ भए पनि माओवादी युद्धका सहयात्रीहरू । मलाई नेतृत्वको हैसियतले स्थापित गर्न मद्दत गर्नुभयो ।” 

प्रचण्डले आफूलाई नेतृत्वमा बसिरहने लोभ नभएको दाबी गरे । उनले तर्कसहित आउने नेतालाई नेतृत्व छाडिदिन तयार रहेको घोषणा गरे । उनी ३० वर्षदेखि नेतृत्वमा छन् ।

“मैले यो जीवनको उत्तरार्धमा पनि नयाँ क्रान्तितिर देशलाई लिएर जाने संकल्प गरेको छु । कोही कमरेडहरू आउनुहुन्छ । तथ्यतर्कसहित आउनुहुन्छ भने मलाई नेतृत्वमा बसिराख्ने लोभ पनि छैन,” प्रचण्डले बैठकमा भने । 

ओली जवाफ

माओवादीले ‘जनयुद्ध’ दिवस मनाइरहँदा बिदा दिने निर्णय गर्दा सरकारमै रहेको दल एमालेका अध्यक्ष केपी शर्मा ओली भने ‘जनयुद्ध’प्रति नै खनिए ।

पूर्वप्रधानमन्त्री ओलीले ‘जनयुद्ध’ प्रधानमन्त्री पद र सत्ताका लागि मात्रै भएको आरोप लगाए । मानव अधिकार रक्षकहरूको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले राज्य जोगाउने नाउँमा वा ‘जनयुद्ध’ चलाएर सत्ता कब्जा गर्न खोजेको आरोप लगाए । 

Oli-1707832661.jpg
ओलीले प्रधानमन्त्रीका लागि १७ हजार मानिस मर्नुपर्ने ? भन्दै प्रश्न गरे । ओलीले टाउकामा बम हान्ने र टाउकाको मूल्य तोक्नेहरू सँगै सरकारमा रहेको बेलामा किन शाीन्त प्रक्रियाका बाँकी काम नटुंग्याएको भन्दै प्रश्नसमेत गरे ।

तस्बिहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्बिर फेसबु्क पेज 'बालकोट'बाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC