site stats
बाह्रखरी :: Baahrakhari
देश
आठ महिने शिशुको हत्या गरेको आरोपमा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । झापामा आठ महिने शिशुको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा दमक नगरपालिका–३, बेलडाँगी भुटानी शिविर सेक्टर बी ४ हट नम्बर ४३२ बस्ने ५० वर्षीय पञ्चवीर घिसिङ छन् । उनलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । 

उनकै घरमा आश्रय लिएर बसेकी २५ वर्षीया महिलाको छोरा एरित ओलीलाई घिसिङले पछारेका थिए । त्यसपछि तत्काल बेहोस भएका ती बालकको दमक अस्पताल हुँदै किओच बाल अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

शिशुको आमालाई समेत आवश्यक अनुसन्धान तथा सोधपुछका लागि नियन्त्रणमा लिइएको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १२:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu