site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ग्लोबल आइएमई बैंकले १० वर्षसम्म ९.९९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा दिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले १० वर्षसम्मको अवधिका निम्ति ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा दिने भएको छ । बैंकले विज्ञप्ति जारी गर्दै विशेष घर कर्जा योजना सार्वजनिक गरेको हो ।

उक्त योजनाअन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका ग्राहकले सहज रूपमा कर्जा सार्न समेत सक्ने जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यो विशेष घर कर्जा योजनाअन्तर्गत सेवाग्राहीले १० वर्षसम्मको अवधिका निम्ति ९.९९ प्रतिशत ब्याजदरमा, १० देखि १५ वर्षसम्मका लागि १०.४९ प्रतिशत र १५ वर्षभन्दा बढी अवधिका निम्ति १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म घर कर्जा लिन पाउनेछन् ।

बैंकले ग्राहकलाई छिटो, छरितो एवं सहज रूपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहित रही आवश्यक कागजात पेस गरेको दुई कार्य दिनभित्र कर्जा प्रवाह गर्ने जानकारी गराएको छ ।

Global Ime bank

ग्राहकले देशभरका ७७ वटै जिल्लामा फैलिएको बैंकका ३५६ शाखाबाट यो सुविधा उपभोग गर्न सकिनेछ । यो योजना सीमित अवधिका निम्ति रहनेछ ।

ग्लोबल आइएमई बैंकले ३५६ शाखा कार्यालय, ३७८ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

यस्तै, बैंकले अमेरिका, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय