site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद फैसला

दमौली (तनहुँ) । तनहुँ जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा एक अभियुक्तलाई १८ वर्ष कैद फैसला सुनाएको छ । 

जिल्ला न्यायाधीश कमलराज विष्टको आइतबारको इजलासले प्रतिवादी म्याग्दे गाउँपालिका–७ का विशाल विकलाई १८ वर्ष कैद फैसला सुनाएको हो । साथै उनीविरुद्ध एक लाख रुपैयाँ जरिबानाको फैसला भएको अदालतका स्रेस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

परिवर्तित नाम २०७८/०७९ चबहादुरले विकविरुद्ध जाहेरी दिएका थिए । प्रहरीले प्रतिवादीविरुद्ध विसं २०७८ असोज १२ गते अदालतमा जबरजस्ती करणीमा मुद्दा दर्ता गरेको थियो । 

उक्त मुद्दामा अदालतमा १२ पटक पेसी तोकिएको थियो । यही माघ २१ गते न्यायाधीश विष्टकै इजलासले उक्त मुद्दामा आदेश सुनाउँदै सजाय निर्धारणका लागि पेस गर्न भनेको थियो । सोहीबमोजिम आइतबार विकविरुद्ध कैद फैसला भएको अदालतले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro