site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं महानगरपालिकाविरुद्ध व्यवसायीको प्रदर्शन

काठमाडौं । फुटपाथ व्यवसायीहरूले काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन् ।

आइतबार राष्ट्रिय स्वरोजगार व्यवसायी संघ, नेपाल सडक व्यापार व्यवसायी संघ र फुटपाथ व्यापारीहरूले संयुक्तरूपमा महानगरको विरोध प्रदर्शन तथा काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन् । 

Argakhachi Cement Island Ad

प्रदर्शनका क्रममा फुटपाथ व्यवसायी भीमा खड्काले महानगरपालिकाले वार्ताको नाटक गर्दै वार्ता एकलौटी भंग गरेको आरोप लगाइन्। उनले आफूहरूले फुटपाथ व्यवसायीहरूलाई बाच्न दिन आग्रह गर्दा महानगरले राति आएर आफ्ना सामानहरू लुटेर लिएर गएको बताइन् । महानगरपालिकाले फुटपाथ व्यवसायीको माग सम्बोधन गर्नुपर्ने बताइन् । 

त्यस्तै, अर्का फुटपाथ व्यवसायी सुजन गिरीले स्वरोजगार व्यापारीहरूले गरिखान पाउनुपर्ने र उचित र वैकल्पिक ठाउँ दिनुपर्ने बताए । महानगरपालिका व्यापारीको व्यवस्थापन भन्दा पनि बेरोजगार बनाउन उद्धत भएको आरोप लगाए ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १४:१०
प्रतिक्रिया दिनुहोस्