site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेपालले ‘रेड कर्नर नोटिस’ भएका व्यक्तिहरूलाई एयरपोर्टमा रोक्न सकेको छैन : सर्वेन्द्रनाथ शुक्ला
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद सर्वेन्द्रनाथ शुक्लाले नेपालको सुरक्षा विश्वसनीयतामा गम्भीर प्रश्न उठेको बताएका छन् । उनले कतिपय देशलाई प्रतिबन्ध गर्ने र कतिपयलाई अनअराइभल दिएको र रेड कर्नर नोटिस जारी भएका व्यक्ति पनि रोक्न नसक्दा समस्या आएको बताए । 

आइतबारको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै उनले नेपाल अपराधीको आश्रयस्थलको रूपमा पहिचान बनाउन थालेको भन्दै सरकारको ध्यानाकर्षण गराए । गृहमन्त्री नारायणकाजी श्रेष्ठ उपस्थित भएको बैठकमा उनले यस्तो इमेज सुधार गर्न लाग्नुपर्ने बताए । 

“हामीले कतिपय देशलाई प्रतिबन्ध लगाएका छौँ, कतिपयलाई अनअराइभल दिएका छौँ । कतिपय अवस्थामा रेड कर्नर नोटिस भएका व्यक्तिहरू समेत रोकिएका छैनन् । त्यसले हाम्रो सुरक्षा विश्वासनीयतामा गम्भीर प्रश्न उठाएको छ,” उनले भने, “नेपाल अपराधीको आश्रयस्थलको पहिचान यस्ता घटनाबाट बन्यो भने त्यो इमेज सुधार गर्न धेरै वर्ष, धेरै गृहमन्त्री चाहिने अवस्था बन्न सक्छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय